Breaking News

२०१५ मा आएका सर्वाधिक लोकप्रिय १० स्मार्टफोनहरु

Feb Tue 2020 05:40:49

606 views

२०१५ मा आएका सर्वाधिक लोकप्रिय १० स्मार्टफोनहरु

विश्व बजारमा स्मार्टफोन निर्माता कम्पनीहरुबीच नयाँ उत्पादन बजारमा ल्याउने होडबाजी भैरहन्छ र वर्ष सन् २०१५ मा पनि थुप्रै कम्पनीका सयौँ नयाँ स्मार्टफोन बजारमा आए । बजारमा आएका सबैलाई उपभोक्ताले रुचाउने कुरै भएन र केहीले पक्कैपनि स्मार्टफोन प्रयोगकर्ताको मन जिते र वर्षका सर्वाधिक रुचाइएका ग्याजेट बन्न सफल भए । सन् २०१५ मा रिलिज भएर सर्वाधिक लोकप्रिय बन्न सफल १० उत्कृष्ट स्मार्टफोन यस्ता छन्ः

Samsung-Galaxy-S6-edge

१. सामसुङ ग्यालेक्सी एस सिक्स एजः सायद सामसुङको एस सिक्स एज यो वर्षको सर्वाधिक उत्कृष्ट तथा लोकप्रिय स्मार्टफोन हो । यसको लुक्स मात्र होइन अन्य हार्डवेयरका साथै सफ्टवेयर पनि आकर्षक र उच्च क्षमतायुक्त छ ।

I-phone-6-s

२. आइफोन सिक्स एसः निसन्देह भन्नुपर्छ एप्पलका हरेक आइफोनहरु विशेष हुने गर्छन् र पछिल्लो आइफोन सिक्स एस खासगरी फोर्स सेन्सेटिभ टचस्क्रिन प्रविधि भित्राउने श्रेय सहित लोकप्रियताको शिखरमै रह्यो । यसको क्यामराको क्षमताको पनि धेरैले प्रसंसा गरे ।

LG-Nexus-5X३. गुगल नेक्सस फाइभ एक्सः एलजीको गुगल नेक्सस फाइभ एक्स स्मार्टफोन सस्तो मूल्यमा गुणस्तरीय फिचर्स सहित बजारमा आयो । अझ एन्ड्रोइडको मार्समेलो अपरेटिंग सिस्टमसहित पहिलोपटक आएका यो स्मार्टफोनमा धेरैका आँखा गए । यसमा अरु सबै कुरा प्रयोगकर्ताले मन पराएपनि यसको मेमोरी ३२ जिबीभन्दा बढाउन नसकिने कुरा चाहीँ धेरैलाई खटि्कयो ।

Lenovo Lemo K3

४. लेनोभो के थ्री नोटः चिनिया कम्पनी लेनोभोले यो वर्ष एसियाली स्मार्टफोन बजारमा राम्रै प्रभाव छाड्यो । सस्तो मूल्यमा उच्च गुणस्तर तथा फिचर्स सहितको के थ्री नोटले बजेट स्मार्टफोनका पारखीको मन राम्रैसँग जित्न सफल भयो ।

Xiaomi-Mi4

५. साओमी एमआइ फोरः चिनिया कम्पनी साओमीको एमआइ फोर स्मार्टफोन वर्षको सुरुवातमै देखा पर्यो । उच्च गुणस्तरीय हार्डवेयर तथा सुपथ मूल्यका कारण यो स्मार्टफोनले प्रतिस्पर्धी स्मार्टफोनलाई ठूलै चुनौति दियो । यसमा एन्ड्रोइड सिक्सको अपडेट गर्ने तथा मूल्य अझै घटाउने कुराले अबको केही समयसम्म पनि यो स्मार्टफोन उपभोक्ताको चाहनामा पर्ने देखिन्छ ।

Moto-X-Play६. मोटो एक्स प्लेः मोटोरोला कम्पनीको मोटो एक्स प्ले सामान्य तर मजबुत स्मार्टफोन हो । गुणस्तरीय हार्डवेयर तथा सफ्टवेयरले युक्त यो स्मार्टफोन खासगरी ब्याट्री तथा क्यामराको गुणस्तरका कारण पनि प्रसंसा बटुल्न सफल भयो ।

samsung-galaxy-note-5७. सामसुंग ग्यालेक्सी नोट फाइभः उच्च मूल्यका स्मार्टफोनहरुमध्ये ग्यालेक्सी नोट फाइभ अग्रणी फोन हो भन्दा फरक पर्दैन । यसको आलमुनियम तथा सिसाको बडी तथा आकर्षक डिजाइनले सामसुंगका फ्यानहरुको मन तान्न सफल भयो । यसको क्यामरा पनि बजारमा उपलब्ध स्मार्टफोन क्यामरामध्ये सर्वोत्कृष्ट नै छ ।

Gionee Marathon M5८. जिओनी म्याराथन एम फाइभः चिनिया कम्पनी जिओनीको म्याराथन एम फाइभ स्मार्टफोन खासगरी ब्याट्री नखप्ने स्मार्टफोनको भिडमा निकै राम्रो विकल्पका साथ प्रस्तुत भयो । यसको ६०२० मिलिएम्पिएर आवर क्षमताको ब्याट्री लगातार २४ घण्टासम्म फिल्म हेर्दासम्म खप्ने दाबी गरिएको छ । नियमित प्रयोगका लागि भने यो हप्तादिनसम्म चार्ज नगरेपनि हुन्छ ।

Google-Nexus-6P

९. गुगल नेक्सस सिक्स पीः हुवाबेद्धारा निर्मित गुगल नेक्सस सिक्स पी स्मार्टफोनमा एन्ड्रोइड मार्समेलो अपरेटिंग सिस्टम प्रयोग भएको छ । यसको मेटल बडी देखि लिएर शानदार स्क्रिन मुख्य विशेषता हुन् । यसको शक्तिशाली क्यामराले ४ के रिजोलुसनमा फोटो तथा भिडियो खिच्न सक्छ ।

१०. एसस जेनफोन सेल्फीः क्यामरा तथा सेल्फी पारखीका लागि एससको यो स्मार्टफोन उपहार नै सावित भयो । यो स्मार्टफोनमा १३ मेगापिक्सेल क्षमताका दुइ क्यामरा अगाडि र पछाडि रहेका छन् जसमा डुअल टोन एलइडी फ्लास छ । साथै पछाडिको क्यामरामा लेजर अटोफोकस प्रविधि पनि छ । घरभित्र तथा कम प्रकाश भएको ठाउँमा समेत यसले प्रष्ट तथा गुणस्तरीय तस्वीर खिच्न सक्छ साथै अहिलेसम्म उपलब्ध स्मार्टफोनहरु मध्ये सबैभन्दा उत्कृष्ट सेल्फी खिच्नसक्छ । ३ जिबीको र्याम तथा क्वालकोम स्नापड्रागन ६१५ सोसी प्रोसेसर यसका मुख्य विशेषता हुन् ।

एजेन्सीको सहयोगमा/www.onlinekhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?