Breaking News

​नेपाली प्रेसका जगतका लागि २०१५ यस्तो रह्यो

Feb Tue 2020 05:40:26

368 views

​नेपाली प्रेसका जगतका लागि २०१५ यस्तो रह्यो
काठमाडौं : सन् २०१५ नेपाली मिडिया जगतका लागि सन्तोषजनक रहेन। नेपाल पत्रकार महासंघको मिडिया अनुगमन एकाईको तथ्यांकले प्रेस स्वतन्त्रता उल्लंघनका १३६ घटना भएको देखाउँछ।

भूकम्पको पीडा

भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरुमा पनि नराम्रोसँग पर्‍यो। २०१५ अप्रिल २५ र मे १२ (बैशाख १२ र २९ गते) गएका भूकम्पका कारण १,८१३ जना पत्रकार र सञ्चार गृहहरु प्रभावित भए। गोरखापत्रमा आवद्ध पत्रकार सुमन भोम्जनको काठमाडौंमा र रेडियो प्लानेटमा आवद्ध कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने भूकम्पमा परी घाइते भएका नेपालगञ्जबाट प्रकाशित दैनिक नेपालगञ्जको व्यवस्थापनमा आवद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भयो।

सम्बन्धित समाचारः

भूकम्पबाटै ३५ जना पत्रकारले नजिकका आफन्त गुमाउनु पर्‍यो। त्यसैगरी १४ जना पत्रकार आफै घाइते छन्, २० जनाका आफन्त घाइते भए। भूकम्पले २६६ सञ्चार गृहमा भौतिक क्षति पुर्‍यायो। १,१५८ पत्रकारका घर पूर्णरुपमा नष्ट भयो भने धेरै पत्रकारको घरमा क्षति पुग्यो। सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा १,६१८ पत्रकार तथा सञ्चार गृह प्रभावित रहे।

प्रेस स्वतन्त्रता उल्लंघन

सन् २०१५ मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका १३६ घटना भए। जसमध्ये करिब ८५ प्रतिशत (११४ वटा) घटना पछिल्लो मधेश आन्दोलनका क्रममा मात्र भएका छन्। आन्दोलनका क्रममा दुवै पक्षबाट पत्रकारहरुमाथि आक्रमणका ३३ वटा घटना भए भने दुर्व्यबहाका २५ र धम्कीका ११ घटना भए। ४ वटा सञ्चार गृहमा भौतिक आक्रमणका घटना भए। त्यसैगरी यो वर्ष ५ पत्रकारमाथि मानसिक यातनका घटना भए, १२ जनामाथि ज्यान लिने उद्देश्यले आक्रमण भए भने १३ जना आफ्नो पेशाबाट वञ्चित गरिए। यो वर्ष काममा बाधा र पत्रपत्रिका वितरणमा बाधाका २२ वटा घटना नेपाली सञ्चार जगतले बेहोर्नु पर्‍यो।

प्रेस स्वतन्त्रता उल्लंघनका घटनाको तथ्यांकः

शङ्कस्पद मृत्युः १ भबितब्य मृत्युः ३ मानसिक यातनाः ५ ज्यान मार्ने प्रयासः १२ आक्रमण र घाइतेः २० विस्थापनः १ ज्यन लिने धम्कीः ११ संचारमाध्यममाथि आरोपः २ दुर्व्यबहारः ३१ पेसाबाट बन्चितः १३ भौतिक सामग्रीको क्षतिः ३ आगजनीः ४ वितरणमा बाधाः १२ काममा बाधाः १० सार्वजनिक धम्कीः १ पक्राउः २ कब्जाः ५ कुलः १३६
 -Pahilopost.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?