Breaking News

ज्योती मगरले धमलासँग भनिन् “बिहेपछिको आनन्द लिन मन छ” भिडियोसहित

Feb Tue 2020 05:40:27

508 views

ज्योती मगरले धमलासँग भनिन् “बिहेपछिको आनन्द लिन मन छ” भिडियोसहित

पत्रकारिताका नामी ऋषि धमला र कलाकारिताका नामी ज्योती मगरबीचको कुराकानी यतिबेला ‘टप हिट’मा छन् । हिमालयन टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’का लागि ऋषि धमलाले गायिका मगरसंग लिएको अन्तरबार्ता यतिबेला चर्चाको बिषय बनेको छ । अन्तरबार्तामा धमलाले ज्योतीको जवानीमाथि गजबैले हमला गरेका छन् । सोही कुराकानीको सम्पादित अंश

:[embedyt] http://www.youtube.com/watch?v=aLNgE1Jj-1c[/embedyt]

अहिले तीजका लागि के कति गीत गाउनु भयो ? ४ बर्षदेखि निरन्तर तीजको गीत गाउदै आएको छु । यसपालि पनि ल्याएको थिए, निर्माणमा ढिलो भयो । शंकर बिसी दाइले ढाडे बिरालोमा अभिनय गर्नको लागि आग्रह गर्नुभयो त्यो गीतको बारेमा जसरी बजारमा चर्चा भयो त्यसैको ‘रिप्लाइ’ स्वरुप ल्याए मैले गीत ।

अहिलेसम्म आफ्नो मन कतिलाई दिनु भो ? मैले कसैलाई मन दिइसक्या छैन, यो मन आफै संग छ अहिलेसम्म ।[embedyt] http://www.youtube.com/watch?v=aCvYoXDlpNk[/embedyt]

नपाएर कि नचाहेर ? नपाएर नै होला

तपाइलाई हेर्दा यूवाहरु चकित पर्छन नि हैन ? कतिको आउछन त प्रेम प्रस्ताव ? जसले मलाई प्रस्ताव गर्नुहुन्छ ति मलाई मन पर्दैन जो मलाई मन पर्दछ तिनले मलाई प्रस्ताव गर्दैनन ।

तपाईलाई मन पर्ने को हुन त ? मलाइ त ऋषि धमला र राजेश हमाल मन पर्दछ । राजेश हमालको जस्तो पर्सनालिटी र ऋषि धमला जस्तो सक्षम मान्छे मन पर्दछ ।

तपाईलाई ट्वीट गर्ने केटाहरु पनि छन होला नि ? म ट्वीट गर्दिन मेसेजहरु भने टन्नै आउछन । मेसेजमा चाहि ‘आइलवयू’ , ‘म तिमीलाई माया गर्छु प्लिज एक पटक म्यासेज त रिप्लाइ गर’ भन्नेहरु थुपै् छन ।[embedyt] http://www.youtube.com/watch?v=6T3J8kz3V1U[/embedyt]

तपाई बिकीनीमा देखिन चाहनुहुन्छ कि हुन्न ? मेरो फिगर बिकीनी होइन । मेरो फिगर चाहि बिकीनीको लागि होइन र मलाई सुहाउदैन पनि म डल्ली छु, मोटी छु त्यसैले पनि लाउदिन ।

स्वीमीङ्ग पुलमा ज्योती मगरको तिघ्रा हेर्नेको भिड लाग्दथ्यो कि ? स्वीमीङ्ग पुलमा कसैले कसैलाई हेदैन जस्तो लाग्दछ मलाई

कुनैबेला देवानन्दलाई देख्दा यूवतीहरु हाम्फाल्थे रे अहिले तपाइलाइ देखेर हाम्फाल्ने त हैनन नि ? हैन हिजोआज हाम्फाल्ने केटाहरु नै पाइदैन ।

छोटाछोटा लुगा लगाउदा केटाहरुलाई अप्ठेरो त लाग्दैन नि ? केटाहरुलाई चाहि अप्ठेरो लाग्दैन बुढाहरुलाई चाहि अप्ठेरो लाग्न सक्दछ किनकी घरको मुर्गी दाल बराबर भन्ने त नेपाली उखान नै छ नि ।

तपाईको कुरा काट्ने थुपै् छन्, तपाइलाई त्यसमा मतलव लाग्छ कि लाग्दैन ? मलाइ कसैले कुरा काटेर केही मतलव लाग्दैन ।

यूवकहरुले तपाइको यो रातो ओठमा किस गरे त ? मेरा यूवा फ्यानहरुले रातो ओठमा चाहि हैन गालामा चाहि किस गरेका छन ।

बिहे पछिको आनन्द लिन पाउनु भएको छ ? बिहे त भएको छैन के आनन्द लिनु तर आनन्द लिन चाहि एकदमै मन थियो

तपाई अविवाहित हो कुमारी चाहि हैन ? (हाँस्दै) एक भोट, एक भोट

लोक संस्कृतिमा विकृति ल्याएको आरोपबारे तपाई के भन्नु हुन्छ ? जसले मलाइ विकृति ल्याएको छ भन्नु हुन्छ वहाले लोक गीतको लागि के गर्नु भएको छ म त्यो सोध्न चाहन्छु

कुमार बस्नेतले तपाईलाई त्यो आरोप लगायो भने के भन्नुहुन्छ ? कुमार बस्नेतले म भन्दा बढी सेक्सी गीत गाउदथे ।

केही  कुराहरु लुकाउनु पनि पर्छ छोप्दाको महत्व भिन्दै छ हैन र ज्योतीजी ? मैले के देखाएकी छु र सबै, धेरै कुरा देखाउन बाकी नै छ

तपाईले ज्योती मगरले धेरै नै देखाइ भन्नेहरुलाइ के भन्नुहुन्छ ?

कि मन पदैन नहेर्नु , हेरेपछि ‘इन्ज्वाइ’ गर्नु कम्तिमा,  किन गाली गर्नु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?