- सपना अधिकारी
हामीबीच विशेष खालको मित्रता थियो। उ मसँग घण्टौ कुराकानी गरेर बिताउन सक्थ्यो। हाम्रो काम फुर्सदको समय भेटेर चिया पिउँदै कुरा गरेर बित्थ्यो।
म कहिले उसले गीताको आध्यात्मिक कुरा सुनाउँदै ज्ञानको चुलीमा पुर्याउँथ्यो।कहिले महाभारतभित्र घुसेर कृष्ण र राधाको प्रेममा बिलिन गराइदिन्थ्यो। कहिले वानिरा गिरीको कारागार भित्र लगेर मलाई जबरजस्ती कैदी बनाउँथ्यो। कहिले सुम्निमामा हराउँदै उसको शरीरलाई आफ्नो बनाउन अनि उसको प्रेम पाउन मन लाग्थ्यो। म चाहिँ उपन्यास बाहिरको सोमदत्त भएर ज्ञान, तप, जप र ध्यानका कुरा गरेर उसलाई पुन जागृत गराउँथें।
‘म यो कानुनसानुन मान्दिनँ। तिमीलाई पनि बिहे गरेर लग्छु। घरकी मेरी जीवनसाथी। तिमी मेरी मनकी साथी। म भावनामा तिमीसँग हराउन चाहन्छु। हिँड घर जाउँ।’ उ साँच्चै भन्थ्यो या जिस्कन्थ्यो। म भने उसलाई जिस्काउँथे –बहुबिवाहमा पर्नुहोला है। सरकारी जागिर पनि चेट। मिलेको घर पनि चेट।उ मुस्कुराउँथ्यो मात्र। उसले प्रेम विवाह गरेको थियो। मैले उसकी उनीसँग कहिले भेटिनँ। हाम्रो भेट हुनु पहिला नै उसको बिहे भइसकेको थियो।
उसले मलाई देख्ला अझ भनौ उसले मेरो हातको किताब देख्ला भनेर मैले भर्खर बजारमा चलेको एउटा रोमान्टिक प्रेम उपन्यासलाई राखेर हत्त न पत्त सुम्निमा समातेको थिएँ। साँच्चै उसले मलाई देख्यो, अनि मेरो हातको किताब पनि।‘आहा तपाईं यो पुस्तक किन्दै हुनुहुन्छ। बडो राम्रो छ यो पुस्तक। मैले १२ पटक पढिसकें हुँला। तपाईं एकपटक शिरीषको फूल पनि पढ्नुहोला। म त पुस्तक पढ्दा पढ्दै सकम्बरीको मायामा डुबिसकेको छु।’ यति भनेर उ मुस्कुरायो।
तयारी राम्रै भएछ। म आयोग पास गरेर सरकारी जागिर खाने भएँ। ६ महिने तालिम सकाएर म शाखा अधिकृतको पद थपेर उर्जा मन्त्रालयमा पदस्थापन गरेर पुगें।
मैले ब्यागबाट बिहेको कार्ड निकालेर उसलाई दिएँ।‘के हो?’ उसले आश्चार्य मान्दै सोध्यो।‘मेरो बिवाहको कार्ड।’ मैले भनें ‘जीवन एउटा प्रभुको लीला हो जे पर्छ त्यही अनुसार जीवन अघि बढाउनुपर्छ। अहिले मेरो जीवनको आवश्यकता यही हो। अघि हजुरले यसै भन्नुभएको होइन।’उ मौन बनेर मलाई हे¥यो। मेरो मुटुको चाल पनि तीव्र भयो। त्यतिबेला हामी दुईको मनको तरंग जमिनमा पुग्दो हो त महाभुकम्प नै आउँथ्यो होला।उसले कार्ड खोलेर पढ्यो अनि टेबलमा राख्दै ‘तिमीले यस्तो कसरी गर्न सक्छौ?‘ भन्यो। ‘किन सक्तिन?‘ मैले भने।‘म तिमीलाई आफ्नो बनाएर राख्छु।’