Breaking News

बिना चेक एउटा बैँकबाट अर्कोमा बैकमा भुक्तानी गर्न सकिने

Feb Wed 2020 02:40:14

482 views

बिना चेक एउटा बैँकबाट अर्कोमा बैकमा भुक्तानी गर्न सकिने

बैँक तथा वित्तीय संस्थाको अकाउन्ट पेयी चेकमा विद्युतीय प्रणालीबाट भुक्तानी सेवा दिँदै आएको नेपाल क्लियरिङ हाउसले अन्तर बैँक भुक्तानी प्रणाली सेवासमेत सञ्चालन ल्याउन लागेको छ । यो सेवा सुरु भएपछि सेवाग्राहीले आफ्नो खाताको रकम अर्को बैँक खातामा सिधैँ भुक्तानी दिन सक्नेछन् । अहिले चेक नै काट्नुपर्ने बाध्यता छ ।

आइपीएस सेवा सुरु भएपछि ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन्, क्लियरिङ हाउसका प्रमुख ले बताए ।

यो सेवासँगै सर्वसाधारणले साधारण सेयर भर्दा नपरेको रकम पनि सिधै खातामा जम्मा हुनेछ । अहिले आईपीओमा नपरेको रकम सेयर भर्ने व्यक्तिको खातामा जम्मा हुने गरी अकाउन्ट पेयी चेक प्रयोग दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?