संस्थाका सल्लाहकार राजेश अधिकारीले सातौ वार्षिकोत्सव समारोहमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुलाई स्वागत गर्र्र्दै सूचनाको जानकारी आम नागरिकमा लैजान सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका रहेकोले आम सञ्चारमाध्यम र पत्रकारमार्फत सूचना प्रवाह गराउन प्रविधिको अधिकतम प्रयोगका लागि सबैको भूमिका आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
अन्तरक्रियामा बोल्दै रिपार्टस क्लवका अध्यक्ष ऋषि धमाले विज्ञान प्रविधिको आजको जमानामा पत्रकारहरुले सूचना सञ्चार प्रविधिलाई अधिकतम् प्रयोग गर्न सिक्नुपर्ने बताए । जसले आइटीलाई प्रयोगमा ल्याउँछ उसको राष्टिय अन्तराष्टियस्तरमा पहिचान रहन्छ । पर्यटन प्रवद्र्धनका सूचना र यसका सम्भावनाहरुलाई विश्वस्तरसम्म पुर्याउन आइसिटीको प्रयोग सहज माध्यम भएकोमा अधिकतम प्रविधि प्रयोगमा सबै एकजुट भएर लाग्नुपर्नेमा धमलाले जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा ले सूचना सञ्चार प्रविधि गाउँ गाउँ मा पूर्याउनुपर्नेमा जोड दिए । यसका लागि प्राधिकरणले विशेष कार्ययोजनाका साथ ४४ जिल्लामा फाइवर अप्टिकलको मार्फत इन्टरनेटको सञ्जाल बिस्तार कार्य अगाडी बढाइसकेकोले समेत जानकारी गराए ।
हरेक गाउँ गाउँमा सूचना सञ्चार प्रविधिको पहुँच पुगे मात्र डिजिटल नेपालको अवधारणा पूरा हुने भएकोले यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण सबैसँगको सहकार्यमा अगाडी बढिरहेकोले अबको २ वर्षभित्रै ७७ जिल्लाका गाउँ इन्टरनेटको सञ्जालमा बाधिने दाबी झा ले गरे ।
कार्यक्रममा जेष्ठ नागरिक कोषका सभापति तथा वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्य, बरिष्ठ अधिबक्ता तथा प्रेस काउन्सिल नेपाल पूर्व अध्यक्ष बोर्ण बहादुर कार्की, सूचना प्रविधि बिभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, निर्वाचन आयोगका सहसचीव एवं सूचना प्रविधिकर्मी बीरेन्द्र कुमार मिश्र, नेपाल सर्टिफाइग कम्पनीका प्रबन्ध निर्देशक पुरुषोतम घिमिरे मानव अधिकारकर्मी तुलसी थापा लगायतका आइसिटी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको विशेष सहभागीता रहेको थियो ।