Breaking News

ङादी ग्रुप पावरको आइपिओ खुल्यो तर एउटै चेकबाट धेरै आवेदन दिए रद्ध हुने

Feb Tue 2020 05:40:11

352 views

ङादी ग्रुप पावरको आइपिओ खुल्यो तर एउटै चेकबाट धेरै आवेदन दिए रद्ध हुने

ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर (आइपिओ) निष्काशन गरेको छ ।

आज चैत २१ गतेदेखि निष्काशन खल्ला गरेको आइपिओको प्रति साधारण शेयर एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले चैत्र २१ गतदेखि २४ गतेसम्म  कम्पनीको शेयरमा आबेदन गर्न सक्नेछन् । कम्पनीले ९ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर निष्काशन गर्न आह्वानपत्र समेत प्रकाशित गरिसकेको छ । यस मध्येबाट १९ हजार ४ सय ७४ कित्ता शेयर कर्मचारीका लागि र ४८ हजार ६ सय ४६ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ । १४ लाख ६० हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्ने क्रममा कम्पनीले लमजुङका आयोजना प्रभावितका लागि ४ लाख ८६ हजार ८ सय ८६ कित्ता साधारण शेयर यस अघि नै निष्काशन गरिसकेको छ । आयोजनाको कुल चुक्ताँ पुँजीको १० प्रतिशत लमजु«ङ जिल्लाका स्थानीय बासिन्दाहरुलाई निष्काशन गरिसकेको कम्पनीले सर्वसाधारण शेयरधनीका लागि २० प्रतिशत शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले लगानीकर्ताको सहजतालाई मध्यनजर गर्दै शेयर आवेदन दिंदा डिम्याट खाता आवेदन फारममा उल्लेख गर्न आग्रह गरेको छ । डिम्याट खाता नभएका आवेदकले पाउने कागजी शेयर प्रमाणपत्र फेरी डिम्याट गराउने प्रकृयामा जानु पर्ने भन्दै क्यापिटलले यस्तो आग्रह गरेको हो । क्यापिटलले धितोपत्र बोर्डको निर्देशन अनुसार एउटा चेकबाट धेरै आवेदन नदिन पनि लगानीकर्तालाई आग्रह गरेको छ । यस्ता फारम आएमा बोर्डको निर्देशन अनुसार नै आवेदन रद्ध हुने पनि प्रष्ट पारेको छ । ङादी ग्रुपको हाल चुक्तापूँजी ३४ करोड ८ लाख ७ हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको जानकारी कम्पनीले दिएको छ । एनआईबीएल क्यापिटलले निकट भविष्यमा युनाइटेड मोदी हाइड्रो पावर कम्पनी र गर्जाङ उपत्यका हाइड्रोपावर कम्पनीको समेत सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरिरहेको जनाएको छ । निष्काशन खुल्ला मिति २०७२ चैत २१ गते हुने शेयर छिटोमा २०७२ चैत २४ गतेदेखि र ढिलोमा आगामी २०७३  बैशाख ५ गतेसम्ममा निष्काशन बन्द हुने क्यापिटलले जनाएको छ । साधारण शेयरका लागि आवेदकले निम्न स्थानबाट आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ । आवेदकले न्युनतम ५० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले कहाँ कहाँ बाट आवेदन दिन सक्ने छन् त !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?