Breaking News

आइएमआई नम्बर रजिष्टर नभएका मोबाइल वैशाखपछि व्लक हुन सक्छ !!

Feb Tue 2020 05:40:20

429 views

आइएमआई नम्बर रजिष्टर नभएका मोबाइल वैशाखपछि व्लक हुन सक्छ !!

काठमाडौं । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन रु यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ । तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक ९आइएमइआई नम्बर० नहुन पनि सक्छ । आजको नयाँ पत्रिकामा समाचार छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’को आन्तरिक कार्यबिधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइललाई ब्लक गरिने उल्लेख छ । तर, हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन् । अर्थात, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर लिन सक्नेछन् । सेवाप्रदायकले जानकारी दिएको ६ महिनाभित्र पनि आइएमइआई नलिने प्रयोगकर्ताको मोबाइल भने स्वतः ब्लक हुनेछ । कार्यविधिमा आगामी १ वैशाखपछि नेपाल भित्रिने मोबाइलमा अनिवार्य रुपमा आइएमइआई नम्बर हुनु पर्ने व्यवस्था छ । यदि आधिकारिक आइएमइएआई नम्बर नभए जुनसुकै मोबाइल सेट पनि ब्लक गरिने प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले बताए । उनले भने,’यसर्थ अब वैधानिक बाटोबाट आयात भएका मोबाइलमा आइएमइआई नम्बर हुनेछ तर अवैधरुपमा भित्रिएका मोबाइलमा भने नहुन पनि सक्छ ।’ प्राधिकरणले अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान र उपकरण पहिचान दर्ता प्रणालीलाई अनिवार्य बनाउने गरी कार्यविधि तयार पारेको हो । कार्यविधि १ वैशाखदेखि लागू हुनेछ । आइएमआई भनेको कुनै पनि मोबाइल सेटको पहिचान राख्ने १५ अंकको नम्बर हो । इआइआरएस भनेको त्यस्ता उपकरणको पहिचान दर्ता गर्ने प्रणाली हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?