Breaking News

मनको कुरा पढ्ने कम्प्युटर आयो

Feb Wed 2020 02:40:30

987 views

मनको कुरा पढ्ने कम्प्युटर आयो
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा एउटा यस्तो कम्प्युटर इन्टरफेस बनाएका छन् जसले मानिसको अनुहार पढेकै भरमा मानिसको मनले सोँचेका कुराहरु बताइदिन सक्दछ ।   यस विशेष डिभाइसका बारेमा कुरा गर्दै यसका निर्माताहरुले बताएका छन् की यसमा लगाइएका इलेक्ट्रोडले व्यक्तिको अनुहार तथा बंगाराबाट प्राप्त हुने न्युरोमस्कुलर संकेतका माध्यमबाट मनका बोलिएका शव्दलाई पढ्न सक्दछ र त्यसलाई बाहिर बताइदिन्छ । वैज्ञानिकहरुका अनुसार मनमा सोँचिएका शव्दलाई नबोलीकन उच्चारण गर्नका लागि मानिसले आफ्नो बंगारामा चाल उत्पन्न गरेको हुन्छ । सोही चालबाट उत्पन्न संकेतलाई यस कम्प्युटर प्रणालीले पहिचान गर्दछ जुन दोश्रो मानिसको आँखाले थाहा पाउँदैन । यो कम्प्युटर सिस्टममा एक पहिरिनेवाला डिभाइस पनि हुन्छ । जसको माध्यमबाट शव्दको संकेत मेसिन लर्निंग सिस्टममा प्राप्त हुन्छ । यस प्रणालीलाई शव्दसँगै विशेष संकेतसँग परस्पर जोडिनका लागि प्रशिक्षित गरिएको हुन्छ । इन्स्िटच्यूटको मिडिया ल्याबका अधिकारीहरुका अनुसार उनीहरु उत्कृष्ट इन्टेलिजेन्स अमेन्टेसन डिभाइस बनाउन चाहन्छन् । यो यस्तो कम्प्युटिंग प्लाटर्फम हुनेछ, जसले मानिसको मनको गहिराइसम्म पुग्न सक्नेछ । यो यति नजिक हुनेछ की मानव मन र मेसिन मिलेर एक हुनेछन् अनि मानवीय अनुभुतिलाई नजिकबाट अनुभव गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?