Breaking News

एनपी सर्टको एक दिने ‘साइबर सेक्युरिटी  सेमीनार तथा वर्कशप सम्पन्न

Feb Tue 2020 05:40:10

1738 views

एनपी सर्टको एक दिने ‘साइबर सेक्युरिटी  सेमीनार तथा वर्कशप सम्पन्न
- सावित्री बस्नेत सिएसआइटीका ब्याचर लेभलका बिद्यार्थी लक्षित एक दिने ‘साइबर सेक्युरिटी  सेमीनार तथा वर्कशप सम्पन्न भएको छ । साइबर सेक्युरिटीमा करिअर खोज्ने बिद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ मा वर्कशप बढी केन्द्रित थियो । साइवर सुरक्षा अहिलेको विश्वव्यापी मुद्दा बन्दै गएकोले अबको भविष्य साइवर सेक्युरिटी क्षेत्रमा रहनेमा दुइमत नरहेको आइटी विज्ञहरुको दाबी छ । वर्कशप इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) र लावा प्रालिको सहकार्यमा भएको हो । लाभा नेपालले साइबर सेक्यूरिटीको ग्लोबल सर्टिफिकेसनसँग सम्बन्धित कोर्षहरु विगत ८ वर्षदेखि नेपालमा उपलब्ध गराउँदै आएको छ । यस संस्थाले विभिन्न सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय संस्थाहरुलाई सूचना प्रविधि र साइबर सुरक्षाको विषयमा तालिम प्रदान गर्दै आएको छ ।
सेमीनार तथा वर्कशपमा बीमा समितिका आइटी प्रमुख मिलनराज नेपाली र पेनटेस्ट्रर नेपालका रिसोर्स पर्सन अवर्तन ढकालले साइवर सेक्युरिटीको स्कोप बारेमा आफ्नो ज्ञान र अनुभव शेयर गरेका थिए । साथै एकेडेमी तवरले प्रिजेन्टेसन समेत गरेका थिए । मिलन राज नेपालीले वर्तमान समयमा व्यक्तिगत डाटाको चोरी बढ्दो क्रममा रहेको हुँदा हरेक वेवसाइट हेर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नक्कली वेबसाइट बनाएर समेत डाटा चोरी हुने गरेको जानकारी दिँदै प्रयोगकर्ताहरु सामान्य चनाखो भएमा मात्र पनि सुरक्षित हुन सकिने स्पष्ट पार्नुभयो ।
‘अहिले व्यक्तिगत डाटा चोरी गरेर ह्याकरहरुले बेच्ने गरेको हुँदा सामाजिक संजालमा भएका र इन्टरनेटमा आधारित व्यक्तिगत डाटा सुरक्षित बनाउन प्रयोगकर्ता आफैं सचेत हुनुपर्दछ,’ बीमा समितीका सूचना प्रविधि विभाग प्रमुख नेपालीले भन्नुभयो । कार्यक्रममा इन्र्फमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष चिरन्जिबी अधिकारीले साइबर सुरक्षा र सचेतना संस्थाको प्रमुख कार्य भएको हुँदा यस्ता कार्यक्रमहरुले सम्बन्धि प्रयोगकर्ता, सूचना प्रविधिका विद्यार्थीलगायतका सहयोगी हुने बताउनुभयो । संस्थाले भविश्यमा नेपालीहरुलाई साइबर सुरक्षा र यसको सुरक्षित प्रयोगको बारेमा विभिन्न कार्यक्रमहरु गर्नेछ ।
सेमीनार तथा वर्कशपमा आइसिटी एवं इन्जिनियरिङ कलेजका ३ दर्जन विद्यार्थीहरुको सहभागीता रहेको थियो । वर्कशपले क्यारियर काउन्सिलिङका महत्वपूर्ण ज्ञान र जनकारी प्रदान गरेको बिद्यार्थीहरुले बताए ।
प्रविधिको आविष्कार र प्रयोगले साइवर सुरक्षाको दायारा बढ्दै गएकोले आइसिटीमा करिअर बनाउन खोज्ने बिद्यार्थीहरुका लागि साइवर सेक्युरिटी विषयलाई एक्पोस गराउनुपर्नै अहिलेको आवश्यकता अनुरुप यस किसिमको सेमीनार वर्कशपहरु इन्फोसेक नेपालले गर्दै आइरहेको संस्थाका अध्यक्ष चिरञ्जिवी अधकारीले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?