Breaking News

अब अनलाइनबाटै विदेशी नेपालीलाई पुलिस रिपोर्ट सुबिधा

Feb Tue 2020 05:40:45

667 views

अब अनलाइनबाटै विदेशी नेपालीलाई पुलिस रिपोर्ट सुबिधा
विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको policereport@nepalpolice.gov.npमा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरेको छ । नेपाल प्रहरीबाट लिईने चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) उपत्यकाको ६ स्थानबाट पाईने भएको छ । विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई प्रहरीले  दुई स्थानमा थप गरेको हो । उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएकामा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थप गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?