Breaking News

नर्सको करिअर छाडेर मोडलिङको सपना बोकेर बनेकी नायिका हर्षिका

Feb Tue 2020 05:40:16

468 views

नर्सको करिअर छाडेर मोडलिङको सपना बोकेर बनेकी नायिका हर्षिका

नर्स सपना पूरा हुन पाएन

सानोमा सेता ड्रेस लगाएर बिरामीको सेवामा जुट्ने नर्सदेखि निकै आकर्षित थिइन् हर्षिका श्रेष्ठ । परिवारले पनि उनलाई नर्स नै भएको हेर्न चाहन्थ्यो । तर, परिस्थितिले साथ दिएन । नर्स पढ्ने उनको सपना पूरा हुन पाएन । त्यसैले एसएलसीपछि स्वास्थ्यसँगै सम्बन्धित विषय सिएमए पढिन् । सिएमए पढ्दै गर्दा हर्षिका उमेरले किशोरावस्थामा टेक्दै थिइन् । चिटिक्क परेको ज्यान र सुन्दर अनुहारकी हर्षिकालाई एक्कासी मोडल भएर नाम र दाम कमाउने रहले गाँज्न थाल्यो । त्यसपछि सिएमएको एउटा परीक्षा नै छाडेर रंगीन संसारमा भविष्य बनाउने आशाको पन्तुरो बोकेर मोडलिङ क्षेत्रमा होमिइन् । केही म्युजिक भिडियोमा अनुहार देखाएपछि उनले फिल्म इडिटिङ सिकिन् । ‘फिल्म क्षेत्रमा जम्नका लागि नाँच्न र अभिनय गर्न मात्रै होइन, प्राविधिक ज्ञान पनि लिनुपर्छ भनेर फिल्म इडिटिङ पनि सिकें’, उनले भनिन्,–‘यहाँका धेरै निर्देशकका लागि त यस्ता ज्ञान होइन कसरी उनीहरुलाई रिझाउने भन्ने ज्ञान भएपछि फिल्म पाइने रहेछ ।’ ‘सानैदेखिको नाँच्ने रहर र वानीले ज्यानलाई तन्दुरुस्त राख्न सघायो होला’ आफ्नै ज्यानतिर हेर्दै भनिन् । औसत नेपाली परिवारजस्तै हेल्थ कन्सियस परिवार त उनको पनि थिएन । त्यसैले स्वस्थ रहन र राम्री हुन उनले पनि सानोमा केही गरिनन् । टेबलटेनिस र दौड प्रतियोगितामामा उनी सहभागी हुन्थिन् । ‘ती पनि रहरले होइन पुरस्कारको आशामा’, उनले भनिन् । उनलाई गीत बजेपछि  सानैदेखि नाँचौं–नाँचांै लाग्थ्यो । त्यसैले उनी नाँच्ने पेशाप्रति आकर्षित हुनुको रहस्योद्घाटन गरिन् ।

‘दाँततिर मेसिन लगाएर नर्सले अन्तै हेरेर कुरा गर्न थालेपछि म त डरले असिन पसिन भएँ’, अनुभुति बाँडिन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि गैरजिम्मेवार तरिकाले काम गरेको भन्दै उनले हप्काइछन् पनि । ‘त्यो दिन सम्झिँदा अहिले पनि डर लाग्छ’, हर्षिकाले भनिन् ।

सिएमए पढेकाले स्वास्थ्यमा ख्याल गर्न उनको सचेत दिमागले झक्झक्याउँछ । तर, सधैं त्यो नियममा बाँधिन उनी सक्तिनन् । उनले आफ्नै स्वादेजिब्रोलाई काबुमा ५ दिन मात्र राख्न सक्छिन् रे । ‘साताको ५ दिन चिल्लोपीरो रहित खाना खाएपनि दुईदिन भने धित मर्नेगरी मासुजन्य खानेकुरा खान्छु’, उनले भनिन् । मोटाइन्छ कि भन्ने पीरले बेलुका प्रायः कार्वाेहाइडेटयुक्त खानेकुरा खाँदिनन् । तर, स्वास्थ्यबद्र्धक खानेकुरामा निकै जोड दिन्छिन् रे । ‘पानी त स्किन राम्रो बनाउन पनि खानै प¥यो’, उनले हाँस्दै भनिन् ।  सिएमए पढेर पास नगरी अन्यत्र लागेकामा कुनैबेला पछुताउने हर्षिकालाई अहिले गर्व लाग्छ, कम से कम आफ्नै स्वास्थ्यका लागि त फाइदा पुगेको छ भनेर ।

harsika-1प्रत्येक दिन नबिराइ योगा

प्रत्येक दिन नबिराइ योगा गर्न थालेको निकै समय भइसक्यो । सधैं सकरात्मक सोच मात्रै राख्नु भन्ने कुरा उनलाई वकवास लाग्छन् । ‘सक्दो आफू पोजेटिभ हुनुपर्छ तर चित्त नबुझेका कुरामा रिसाउनु मानवीय स्वभाव नै हो’ यथार्थ उप्काइन् । रोगले थला नपरून्जेल उनी पनि हस्पिटल टेक्दिनन् । उनलाई एकचोटी निकै दाँत दुखेर हस्पिटल पुगेको सम्झना छ । नयाँबजारस्थित एउटा डेन्टल हस्पिटलमा पुगेकी उनलाई कहिल्यै चेक गर्न नजान पाए हुन्थ्यो भन्ने लाग्छ । ‘दाँततिर मेसिन लगाएर नर्सले अन्तै हेरेर कुरा गर्न थालेपछि म त डरले असिन पसिन भएँ’, अनुभुति बाँडिन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि गैरजिम्मेवार तरिकाले काम गरेको भन्दै उनले हप्काइछन् पनि । ‘त्यो दिन सम्झिँदा अहिले पनि डर लाग्छ’, हर्षिकाले भनिन् । चिसोका कारण रुघाखोकी निकै लाग्छ । धुँवाधुलो पनि चाँडै असर गर्छ उनलाई । त्यसैले यी दुई कुराबाट जोगिन निकै प्रयास गर्छिन् पनि । ‘सामान्य औषधिहरु त म आफैले किनेर राखेकी उनी त्यसैले पनि चेकअपका लागि नियमित हस्पिटल नजाने धारणा छ । वर्षको दुईचोटी प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यको नियमित चेकअप गराउनुपर्ने कुरामा भने सहमति जनाइन् ।

बहुसंख्यक नेपालीको पहुँचमा स्वास्थ्य सेवा नपुगेको कारण मुलुकको विकासमा असर परेको बताउँछिन् उनी । ‘धेरै नेपालीहरुलाई आधारभूत आवश्यकताको जोहो गर्न गाह«ो भएकाले स्वास्थ्य सेवामा ध्यानै दिँदैनन्’, उनी भन्छिन् । यही गरिबी र अशिक्षाको फाइदा उठाएर नेपालमा केही औषधि परिक्षणका लागि विदेशबाट आउने गरेको समाचारले आफूलाई धेरैपटक विक्षिप्त तुल्याएको बताइन् । नेपालमा स्वास्थ्य सचेतना नीति एकदमै कमजोर भएको बताउँदै स्वास्थ्य सेवा सर्वसुलभ हुर्नुपर्ने उनको धारणा छ । ‘स्वास्थ्यसम्बन्धी शिक्षा सबैलाई हुनुपर्छ, त्यसैले तल्लो तहका विद्यार्थीहरुलाई पनि सामान्य औषधि र स्वास्थ्य टिप्स राखेर पाठ्ययपुस्तक बनाउनुपर्छ’, उनले भनिन् । एउटा सिएमए नै दुगर्मतिरका लागि डाक्टर भएको औंल्याउँदै १० कक्षासम्म आइपुग्दा विद्यार्थीले कम से सिएएमए पढेकाले जान्नेजति कुरा पढ्न पाउने बनाउँदा मुलुक नै स्वस्थ हुने धारणा छ उनको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?