Breaking News

हार्दिक बधाई तथा शुभकामना ! सामाजिक अपराध र साइवर अपराध बिरुद्धको अभियानमा अब्बल वरिष्ठ प्रहरी अधिकृत सर्वेन्द्र खनाललाई

Feb Tue 2020 05:40:30

380 views

हार्दिक बधाई तथा शुभकामना ! सामाजिक अपराध र साइवर अपराध बिरुद्धको अभियानमा अब्बल वरिष्ठ प्रहरी अधिकृत सर्वेन्द्र खनाललाई

सामाजिक अपराध र साइवर अपराध बिरुद्धको अभियानमा अब्बल वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल ज्यू डिआइजीमा बढुवा हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौं । भरतराज उप्रेती

आइसिटी खबर

तथा  आइसिटी  पत्रकार मञ्च परिवार

सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक र साइवर अपराधमुक्त बनाउने काम आफैबाट शुरु गरौं - सर्वेन्द्र खनाल

सामाजिक सञ्जाल प्रयोग गर्दाको पहिलो ख्ुट्किलो फ्रेण्ड्स रिक्वेष्ट एसेप्ट गर्ने या नगर्ने हो यही निर चुक्यो भने साइवर अपराधमा फस्न सकिन्छ त्यसैले सोसल मिडिया प्रयोगमा सचेत हुन र सावधानी अपनाउन जरुरी छ, एसएसपी खनाल

कलेज लेभका बिद्यार्थीहरु बढी मात्रामा सामाजिक सञ्जालमा अभ्यस्त रहने हुदा उनीहरु कही कतैबाट साइवर अपराधभित्र तानिने र फस्ने अवस्था बढ्दो छ । त्यसैले बेलैमा सावधानी अपनाउन बिद्यार्थीहरले जरुरी छ । त्यसका लागि बिद्यालय, अभिभावक संघ संस्था र सरोकारवाला निकायहरुले साइवर अपराध बारेको जानकारीलाई समुदाय, स्कुल कलेजबाट व्यापक रुपमा अभियानको रुपमा अगाडी लैजान अत्यावश्यक भइसकेको छ । कारणवश साइवर अपराध परे ५ वर्ष सम्म जेल सजाय र जरीवाना समेत हुनेछ । पछि हतकडी लगाएर चिसो सिंढीमा पर्नुभन्दा बेलैमा साइवर अपराधबाट बच्ने उपाय आजै अवलम्वन गरौं । साइवर अपराधमुक्त समाज बनाउन आफैबाट सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक बनाऔं ।

 अनलाइन मार्फत सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुन जरुरी छ :  खनाल

speker-rudiger-cloud

कम्प्युटरको ज्ञान त्यतिबेला महत्वपूर्ण मानिन्छ जब त्यसको प्रयोगले कुनै पनि काम र कार्यक्रम सूचनामुलक र उपलब्धि हुन्छ तर त्यसको प्रयोग कुनै पनि अपराधजन्य काममा लागि प्रयोग गरिन्छ त्यसको नतिजा अन्तमा घातक सिद्ध हुन्छ । विज्ञान प्रविधिको आविष्कारले प्रविधिको माध्यम बनेको इमेल इन्टरनेट, अनलाइन ब्लग, अनलाइन मिडिया र सामाजिक सञ्जाल अहिलेको मानिसको अभिन्न अंगभित्रको सहज जीवनशैली बन्दै गइरहेको छ । तथापी सूचना प्रविधिको यिनै माध्यमलाई अपराध गर्नेहरुले आफ्नो प्रयोग अनुकुल बनाउदै लगेकाप्रति हामी सचेत हुने बेला आएको छ । अपराध गर्नेहरुले सामाजिक सञ्जाल फेसबुक ट्वीटर लगायतका सोसल मिडियालाई बढी प्रयोग गर्दै आएका छन् । प्रविधि हाम्रा लागि जति महत्वपूर्ण छ त्यति नै त्यसको प्रयोगमा सावधानी नअपनाउदा घातक बन्दै गएका उदाहरणहरु सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जाल के का लागि प्रयोग गर्ने किन प्रयोग गर्ने कस्ता सूचना, जानकारी र फोटोहरु पेष्ट गर्ने, कस्ता व्यक्तिलाई साथी बनाउने भन्ने बारेको ज्ञान सामाजिक सञ्जाल प्रयोगकर्तामा हुनु आवश्यक छ । सामाजिक सञ्जालबाट अपराधका घटनाहरु १६ देखि २५ वर्षभित्रका व्यक्तिहरुले बढी मात्रामा भइरहेका छन् ।  कतिपयले सामाजिक सञ्जाल प्रयोगमा सावधानी नअपनाउदा भएको छ भने कतिपयले अपराधिक मानसिकताले गरिरहेका छन् । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर अपराध गर्नेहरु पनि त्यत्तिकै बढिरहेको बताउदै यसतर्फ सचेत नहुने हो भने जोसुकै जतिबेला पनि साइवर अपराधमा तानिन सक्छ त्यसैलै सामाजिक सञ्जालको प्रयोगमा सचेत हुन र सावधानी अपनाउन सएसपी सर्बेन्द्र खनालले आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम समापन समारोह कार्यक्रममार्फत सबैलाई अनुरोध समेत गरेका  छन् ।

ict aware

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?