Breaking News

क्यामेलिया उच्च मा.वि.मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Feb Tue 2020 05:40:53

555 views

क्यामेलिया उच्च मा.वि.मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • माधव अधिकारी/काठमाडौ

कालिमाटीस्थित क्यामेलिया उच्च माविले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा विशेषज्ञ डाक्टरहरुबाट पाँच सयजनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरियो । गणतन्त्र दिवसका अवसरमा आयोजित शिविरमा बालरोग विशेषज्ञ डा.सुचरिता तुलाधर, नाक,कान,घाँटी रोग विशेषज्ञ डा.प्रियङ्का गुप्ता,स्त्रीरोग विशेषज्ञ डा. प्रगति कार्की र जनरल फिजिसियन डा.निमेश पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए । ब्लुक्रस हस्पिटल र स्थानीय ज्ञानतीर्थ संरक्षण समाजसँगको सहकार्यमा सञ्चालित शिविरको उद्घाटन काठमाडौँ क्षेत्र नं.९ का सांसद ध्यानगोविन्द रञ्जितले गरेका थिए । कार्यक्रम संरक्षण समाजका अध्यक्ष विनोद ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो । सर्वसाधारणको स्वास्थ्य समस्या समाधान गरी समुदायको जनस्वास्थ्यस्तर उकास्न कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रशासकीय प्रमुख रुद्र अधिकारीले बताए ।nnabcf abc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?