आफ्नो किताब ‘चर्चिल्स सीक्रेट वार (चर्चिलका गुप्त युद्ध)’मा उनी लेख्छिन्, ‘आमा बाबुहरुले आफ्ना भोका बच्चाहरुलाई नदी र कुवाहरुमा फ्याँके, कयौं मानिसहरुले दौडिरहेको रेलको अगाडी बसेर आत्महत्या गरे । भोका मानिसहरु अन्नपातको अभावमा छट्पटाएका थिए । बच्चाहरु घाँसपात खान्थे । मानिसहरु यत्ति कमजोर भएका थिएकी उनीहरुले आफ्नो आफन्तको अन्तिम संस्कार गर्न पनि ताकत बाँचेको थिएन ।’
तत्कालिन इस्ट इन्डिया अर्थात बेलायतले भारतमा जति अन्याय गरेको थियो त्यसको अनुपातमा आजका आईएस र बोको हरामहरु केही पनि होईनन् ।
भारतीय जनता फिल्मि शैलीमा भएको जालियावाला बाग हत्याकाण्ड तथा भगत–सुखदेव–राजगुरुलाई दिएको फाँसी देखेर अहिले पनि भड्किन्छन् । तर उनीहरुलाई यो अनुमान छैनकी कसले देशमा कत्लेआम र नरसंहार गरेका थिए । जसका सामु आजका आईएस र बोकोहराम वा तालीबान अलकायदाको तुलनासम्म गर्न सकिँदैन ।
त्यो क्रुरतम नरसंहारबारे मानिसहरु अहिले पनि अन्जान छन् । जसरी तत्कालिन ब्रिटिस सरकारका प्रमुख विस्टर्न चर्चिलले गरेका थिए । यो नरसंहार इतिहासको क्रुरतम कत्लेआमहरुमा एक ‘बंगालको अनिकाल’लाई ईतिहासले एक अनिकाल मात्रै बनाएर भुलायो । जो सिधासिधा कत्लेआम थियो । जो तत्कालिन बेलायती प्रधानमन्त्री विस्टर्न चर्चिल सरकारले गरेको थियो ।
हिटलरले लाखौं यहुदीहरुलाई मारे । यहुदीहरु आफ्नो दुःखहरुको सुचनाको र मार्केटिङको आधारमा दुनियाँभरी सहानुभूति लिइरहेका छन् । तर भारतीयमाथि भएको अत्याचारबारे कतैपनि चर्चा भएको छैन ।
चाहे त्यो वर्षौं ईश्लामी आक्रमणकारीद्वारा गरिएको कत्लेआम र अत्याचार होस् या अंग्रेजद्वारा गरिएको भयानक कत्लेआम । या, फेरी विभाजनपछि भएको हत्या जहाँ सिधासिधा भूमिका ब्रिटिश सरकारकै थियो ।
आज धेरै मानिसहरुलाई यो थाहा नहोला, जसरी ‘बंगालमा ब्रिटिश सकरारद्वारा प्रायोजित अनिकाल’ के थियो ? । त्यो कुनै अनिकाल थिएन । त्यो यस्तो नरसंहार थियो जहाँ ६० लाखभन्दा बढी भारतीयको ज्यान गएको थियो ।
विभाजनको समय भएको कयौं घटनाहरु निकै अतायतीपूर्ण थियो तर यस घटनाबारे कुनै खोजबीन भएको छैन । किन भने इतिहासकारहरुलाई भारतीय माथि भएको अत्याचारबारे कुनै रुची छैन । न त भारतीयलाई आफ्नो भूत र भविष्य बारे धेरै लेनदेन नै छ ।
सन् १४३–४४ मा जतिबेला भारतमा अनिकाल परेको थियो । त्यसैबेला दोस्रो विश्व युद्धले पनि चरम रुप लिएको थियो । हिटलरको नाजी सेना पुरै युरोपमाथि हमला गरिरहेको थियो । एडोल्फ हिट्लरको समुहले त्यतिबेला झण्डै ६० लाख यहुदीलाई मारेको बताईन्छ ।
यो नरसंहारलाई दुनियाँले आज ‘होलोकास्ट’ (प्रलय) को नामले सम्झन्छन् । यो बताईन्छकी ६० लाख मानिसको हत्या गर्नको लागि हिटलरलाई १२ वर्ष लागेको थियो । तर अंग्रेजहरुले भारतमा एकै वर्षमा ६० लाख मानिसहरुको नरसंहार गर्यो । तर ‘होलोकास्ट’ भनिएको यो घटनालाई किन छुपाएर राखिएको छ । किन यसको कतै चर्चा हुँदैन ? के भारतीयहरु मान्छे होईनन् उनीहरुलाई आफ्ना घाउहरुको मार्केटिङ गर्न आउँदैन ?
बंगालमा भएको अनिकालको विषयमा शोध गरका अस्ट्रेलियाका वैज्ञानिक र सामाजिक कार्यकर्ता डा. गिडोन पोल्या भन्छनकी, ‘बंगालको अनिकाल ‘मानिसहरुले श्रृजना गरेको प्रलय’ थियो । किनकी यसको लागि तत्कालीन ब्रिटिस प्रधानमन्त्री विस्टर्न चर्चिल को निती जिम्मेवार थियो । त्यतिबेला बंगालमा अन्नको उत्पादन पनि राम्रो थियो । तर अंग्रेजहरुले व्यावसायीक मुनाफाको लागि भारी मात्रामा अन्नलाई भारतबाट बेलायत पठाउन शुरु गरे । यसको कारण बंगाल क्षेत्रमा अन्नको अभाव हुन थाल्यो । जसलाई आज पश्चिम बंगाल ओडिसा र बंग्लादेश भनिन्छ ।
अर्का लेखिका मधुश्री मुखर्जीले उक्त अनिकालबाट बाँचेका केही मानिसहरुलाई भेटेकी थिइन् । आफ्नो किताब ‘चर्चिल्स सीक्रेट वार (चर्चिलका गुप्त युद्ध)’मा उनी लेख्छिन्, ‘आमा बाबुहरुले आफ्ना भोका बच्चाहरुलाई नदी र कुवाहरुमा फ्याँके, कयौं मानिसहरुले दौडिरहेको रेलको अगाडी बसेर आत्महत्या गरे । भोका मानिसहरु अन्नपातको अभावमा छट्पटाएका थिए । बच्चाहरु घाँसपात खान्थे । मानिसहरु यत्ति कमजोर भएका थिएकी उनीहरुले आफ्नो आफन्तको अन्तिम संस्कार गर्न पनि ताकत बाँचेको थिएन ।’
यो अनिकालबाट बाँचेका एक व्यक्तिले मुखर्जीलाई भनेका थिए,‘बंगालको गाउँमा शवहरुको लाईन हुन्थ्यो । जसलाई कुकुर र स्यालहरुको समुहले खान्थे । यो अनिकालबाट उनीहरु मात्रै बाँचे जो रोजगारीको खोजीमा कलकत्ता आएका थिए या जो महिलाले परिवार पाल्नको लागि मजबुरीमा वेश्यावृति गरे,’ मुखर्जी लेख्छिन्,‘महिलाहरु हत्यारा पनि बने गाउँका युवतिहरु वेश्या बने । उनीहरुका पिताहरु आफ्नै छोरीको दलाल बनेका थिए ।’
यो कत्लेआमको जिम्मेवार व्यक्ति विस्टर्न चर्चिलको भारत प्रति कुनै नयाँ दूश्मनि थिएन । युद्ध मन्त्रालयको एक बैठकमा उनले अनिकालको लागि भारतीयलाई दोषी ठहर्याउँदै भनेका थिए, ‘यिनीहरु खरायोले जस्तै सन्तान जन्माउँछन् ।’
भारतीयहरु प्रतिको उनको रवैया यो वाक्यबाट बुझ्न सकिन्छ । जो उनले भारत र बर्मा (म्यानमार) का तत्कालिन सचिव लियोपोल्ड अमेरीसँग भनेका थिए, ‘मलाई भारतीयहरुदेखि घृणा छ । उनीहरु पशु हुन् ।’
एक अन्य मौकामा उनले जोड दिएर भनेका थिए, कि भारतीयहरु जर्मनपछिका सबैभन्दा पाशविक मानिसहरु हुन् ।
उक्त अनिकालको प्रत्यक्षदर्शी प्रोफेसर रफीकुल इस्लाम जो त्यतिबेला १० वर्षका थिए । उनी ढाकामा बस्थे । उनका अनुसार मानिसहरु घाँस र सर्पहरु खान्थे । जब उनी त्यो दिन सम्झन्छन् उनलाई दुःख लाग्छ ।
जसको नागरिकहरुको बलमा दुनियाँको ठूला–ठूला कम्पनिको नेतृत्व टिकेको छ । जोसँग धेरै डक्टर, ईन्जिनियर र वैज्ञानिक उत्पादन गर्ने क्षमता छ । बस् अभाव एक दुरदर्शी नेतृत्वको छ जो, आफ्नो नीतिले भारतलाई पुर्नजागरणको संचार गर्न सकोस् । फेरी त्यस्तो स्थानमा पुर्याउन सकोस् जहाँ कोही नपुगोस् ।
उनी भन्छन्, ‘१९४३ मा बंगालीहरुले जुन आपतकाल बेहोर्नु प¥यो । त्यो विश्वको इतिहासमा सबैभन्दा ठूला आपतकाल मध्येको एक हो । यो कुनै प्राकृतिक संकट थिएन । यो मानवनिर्मित संकट थियो ।’
अब कुरा आउँछ ब्रिटेन यो घटनाबारे के गर्न सक्छ ? खैर, बेलायतले भारत र भारतीयमाथि गरेको अत्याचार फेरी फिर्ता लान त सक्दैनन, तर बेलायतले गरेको गल्तिको भारतसँग माफी माग्न सक्छ ? या यो नरसंहार गर्ने चर्चिललाई मानिसहरुले महान भन्न बन्द गर्छन् ।
होईन भने भारतीय भूमिको रक्षाको लागि लड्ने क्रान्तिकारी जनतामाथि बेलायतले आतंकवादीको संज्ञा दिन सक्छ भने, ‘तानाशाह’ चर्चिललाई पनि अवशय हिटलर वा आईएसआईका बगदादी जस्तै मान्नुपर्ने हुन्छ ।
यसका साथै बेलायतले उक्त क्षेत्रको विकासमा सहयोग गर्न जरुरी छ जुन क्षेत्र बेलायती अत्याचार वा शोषणकारी नीतिका कारण आज पनि पछाडी छ । भारतीयहरुसँग सहने क्षमता पनि छ । जसलाई उनीहरुले उपयोग गरे । तर त्यो भारत यो भारत होईन । जो कुनैसमय ब्रिटेनको उपनिवेश थियो । यतिबेला यो भारत दुनियाँको शक्तिशाली भारत हो ।
जोसँग दुनियाँकै सबैभन्दा ठूलो युवा शक्ति छ । जोसँग दुनियाँको सवैभन्दा तेस्रो ठूलो सैन्य शक्ति छ । कुनै महाद्धिपसँग लड्ने क्षमता छ ।
जसको नागरिकहरुको बलमा दुनियाँको ठूला–ठूला कम्पनिको नेतृत्व टिकेको छ । जोसँग धेरै डक्टर, ईन्जिनियर र वैज्ञानिक उत्पादन गर्ने क्षमता छ । बस् अभाव एक दुरदर्शी नेतृत्वको छ जो, आफ्नो नीतिले भारतलाई पुर्नजागरणको संचार गर्न सकोस् । फेरी त्यस्तो स्थानमा पुर्याउन सकोस् जहाँ कोही नपुगोस् ।
रिभोल्ट प्रेस डटकमबाट अनुवादीत/diyopost.com