Breaking News

सामसुङ ग्यालेक्सी एस ७ र एस ७ एज का फिर्चसहरु

Feb Tue 2020 05:40:14

207 views

सामसुङ ग्यालेक्सी एस ७ र एस ७ एज का  फिर्चसहरु

सामसुङ ग्यालेक्सी एस ७ र सामसुङ ग्यालेक्सी एस ७ एज सार्वजनिक भएको छ । दुवै स्मार्टफोनमा दुई सय जिबीसम्मको स्टोरेज सुविधा छ । यसअघिका सिरिजमा एक सय २८ जिबीको स्टोरज क्षमता मात्र राखिएको थियो । त्यस्तै यसको ब्याट्री पनि पहिलेको भन्दा टिकाउ रहेको बताइएको छ । जसअनुसार पूरा चार्ज गरेपछि १५ घन्टासम्म हाइ डेफिनेशनको भिडियो हेर्न सकिन्छ । यसको अर्को विशेषता भनेको वाटर रेजिस्टेन्स रेटिङ हो । यसको मतलब यो स्मार्टफोन पानीमा खसेको आधा घन्टासम्म सुरक्षित रहन्छ ।

यो स्मार्टफोनमा ‘अलवेज अन डिस्प्ले’को सुविधा पनि राखिएको छ । यसले स्किृन नखोलिकनै समय र नोटिफिकेशनबारे जानकारी दिने गर्छ । यसमा ‘गेमिङ प्रविधि’ र रेयर क्यामरा पनि जडान गरिएको छ । गेम खेल्नेहरु र फोटोग्राफी गर्नेहरुले यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । कम प्रकाशमै राम्रो गुणस्तरको तस्बिर यसले खिच्ने कम्पनीको दाबी छ । वायरलेस चार्जिङको क्षमता भने यसमा एस ६ जस्तै निरन्तरता दिएको छ । एस ७ मा ५.१ र एस ७ एजमा ५.५ इन्चको डिस्प्ले छ । त्यस्तै र्‍यामलाई एक जिबी बढाएर ४ जिबी बनाएको छ । यी दुबै स्मार्टफोन एन्ड्रोइडको नयाँ भर्सन ६.० मार्समाल्लोमा विकसित गरिएको छ ।Samsung-Galaxy-S7-S7-Edge-and-S7-Edge

सामसुङले क्यामेरा रिजोलेशनलाई पहिलोपटक घटाएको छ। एस ६ मा १६ मेगापिक्सल राखेपनि एस ७ र एस ७ एजमा १२ मेगापिक्सल क्यामेरा जडान गरिएको छ। अगाडिको क्यामेरा भने पहिलेको जस्तै ५ मेगापिक्सलको छ। तर क्यामेराले यसअघिको भन्दा गुणस्तर र राम्रो खिच्ने दाबी कम्पनीको छ । ब्याट्रीको क्षमता पहिलेलाई बढाएर एस ७ मा ३००० एमएच र एस ७ एजमा ३६०० एमएच राखिएको छ । यी दुबै मोबाइल दुई रंगमा उपलब्ध हुनेछन् । यी दुबै स्मार्टफोन मार्च ११ देखि बजारमा आउने कम्पनीले जनाएको छ ।samsung-galaxy-s7-samsung-galaxy-s7-lanzamientoSamsung-Galaxy-S7-Active-and-S7-Edge-Plus-to-Join-the-S7-and-S7-Edge-in-2017

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?