Breaking News

फेसबुकमा डिलिट भएको तस्बिर फिर्ता ल्याउन यसो गर्नुहोस्

Feb Tue 2020 05:40:41

337 views

फेसबुकमा डिलिट भएको तस्बिर फिर्ता ल्याउन यसो गर्नुहोस्
सामाजिक सञ्जाल फेसबुकमा हामी आफ्ना अनगिन्ती व्यक्तिगत तस्बिर सेयर गर्छौं, कहिलेकाही विविध कारणले फेसबुकका तस्बिर डिलिट हुन्छन् । यसरी डिलिट भएका तस्बिर फिर्ता ल्याउन सकिन्छ भन्ने थाहा नहुँदा पछुताउँदै बस्छौ तर फेसबुकमा डिलिट भएका तस्बिर फिर्ता ल्याउन सकिन्छ । कसरी फेसबुकमा डिलिट भएका तस्बिर फिर्ता ल्याउने ? १.    फेसबुक एकाउन्ट लगअन गर्नुहोस्, त्यसपछि सेटिङमा जानुहोस् । २.    सेटिङको अन्त्यमा 'Download a Copy of your Facebook Data'  लेखिएको अप्सनमा क्लिक गर्नुहोस् । ३.    यसपछि 'Download Archive'  मा क्लिक गरे पछि तपाईंको फेसबुक पासवर्ड माग्छ, पासवर्ड दिनुहोस् । ४.    तपाईंले पासवर्ड राखेपछि कम्प्युटरमा जिप फाइल डाउनलोड हुन्छ । ५. यसरी डाउनलोड गरिएको जिप फोल्डरलार्इ 7-Zip, WinZip,CAM UnZip, Zip online,  मध्ये कुनै सफ्टवेयर प्रयोगरी अनजिप गरी डिलिट भएको फोटोहरू पुनः प्राप्त गर्नुहोस् ।
- अजय शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?