Breaking News

एप्पलको ५.८ इञ्चको आइफोन आउदै

Feb Tue 2020 05:40:29

503 views

एप्पलको ५.८ इञ्चको आइफोन आउदै
डिजिट टाइम्सले हालै सार्वजनिक गरेको छ। सो खबरका अनुसार सेप्टेम्बरमा आइफोन ७ सार्वजनिक हुनेछ। महत्वपूर्ण पक्ष यो छ कि आइफोन ५.८ इञ्चको इमोलिड स्क्रिनमा आउँदैछ। आइफोन ७ वा आइफोन ८ मा यो फिचर थपिने भन्ने यकिन छैन। इमोलिड डिस्प्लेको आइफोन २०१७ वा २०१८ को सुरुवातमा आउने बताइएको छ। एप्पलले आइफोन सेभेन प्लसका दुई फरक फरक फोन सार्वजनिक गर्ने तयारी गरिरहेको सो टेक प्रोटलले उल्लेख गरेको छ। दुईमध्ये एउटा सिङ्गल लेन्स क्यामरा र अर्को डुवल लेन्स क्यामेरा हुने जनाइएको छ। डुवल लेन्स क्यामेरालाई आइफोन प्रो नाम दिइनेछ। आइफोन अहिले ४, ४.७ तथा ५.५ इञ्चमा उपलब्ध छ। आइफोनहरुमध्ये सबैभन्दा ठूलो फोन आइफोन ६एस प्लस हो। यो बाहेक एप्पलले कुनै आइफोनमा एमोलिड डिस्प्ले प्रयोग गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?