Breaking News

गीतकार उप्रेतीको ‘आफ्नै जिन्दगी आफैलाई’ सार्वजनिक

Feb Tue 2020 05:40:19

428 views

गीतकार उप्रेतीको ‘आफ्नै जिन्दगी आफैलाई’ सार्वजनिक

लण्डन । गीतकार तथा पत्रकार नृपेश उप्रेतीको पहिलो सांगीतिक कोशेली ‘खुशी’ एल्बमको गजल ‘आफ्नै जिन्दगी आफैलाई’ को म्युजिक भिडियो १२ अप्रिलमा सार्वजनिक भएको छ ।

उप्रेतीको म्युजिक भिडियो संयुक्त अधिराज्य बेलायतका नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएन युकेका अध्यक्ष महेन्द्र कँडेल, पत्रकार महासंघ युकेका अध्यक्ष चिरन शर्मा तथा वरिष्ठ पत्रकार भागिरथ योगीले एकैसाथ लण्डनमा सार्वजनिक गर्नुभएको हो ।

पत्रकार महासंघ युकेको वार्षिक साधारण सभामा युकेका प्रतिष्ठित व्यक्तित्व, व्यवसायी एवम् पत्रकारहरुमाँझ भिडियो प्रोजेक्टरको बटम दबाएर सार्वजनिक गरिएको हो ।

सर्वाधिक सफल एवम् प्रतिस्पर्धी गायकद्वय प्रमोद खरेल र शिव परियारलाई पहिलो पटक एउटै गीतमा सुन्न र हेर्न सकिने उक्त गजलको म्युजिक भिडियो सुरज श्रेष्ठले छायांकन गर्नुभएkalakaarको हो । गायकद्वय खरेल र परियारका साथमा चर्चित नायिका केकी अधिकारी, विवेक नरसिंह राणा र सृजल रुपाखेतीको प्रमुख भूमिका रहेको छ ।

चेलीबेटी बेचबिखनको विषयबस्तुमा आाधारित रहेर निर्माण गरिएको म्युजिक भिडियोको शब्द, संगीत, गायन कथाबस्तु र निर्देशनबारे समारोहमा उपस्थित व्यक्तित्वहरुले खुलेर प्रशंसा गर्नुभएको थियो ।

[embedyt] http://www.youtube.com/watch?v=D89Z5w1g550[/embedyt]

यसैबीच, पत्रकार महासंघ यूकेको कार्यसमितिको सदस्य तथा गीतकार नृपेश उप्रेतीलाई गीत एवम् ‘खुशी’ एल्बमको सफलताको लागि शुभकामना दिनुभएको थियो ।

विगतमा नेपालमा झण्डै एकदसक देशान्तर साप्ताहिक, हिमाल खबर पत्रिका तथा च्यानल नेपालजस्ता प्रतिष्ठित मिडियामा कार्यरत नृपेश उप्रेतीको खुशी एल्बममा अहिलेका चर्चित एवम् सफल संगीतकार अर्जुन पोखरेलको एकल संगीत रहेको छ ।

pramod bhaiआठवटा गीत तथा गजल रहेको खुशी एल्बमलाई दुई चरणमा रिलिज गरिँदै छ । पहिलो चरणअन्तर्गत प्रमोद खरेल र शिव परियारको उक्त गीतको अडियो भिडियो र राज सिग्देलको आवाजको ‘नगर्नु माफ’ बोलको गजल र अन्जु पन्तको आवाजको ‘काँडा पन्छाई’ बोलको गीतको अडियो मिडियामार्फत सार्वजनिक भएको छ । सर्मिला बर्दैवा, अन्जु पन्त, शिव परियार र हिमाल सागरको आवाज रहेको बाँकी गीत भने केही समयपश्चात् एक कार्यक्रमबीच नेपालमा रिलिज गरिने गीतकार उप्रेतीले जानकारी दिनुभयो ।

दोस्रो चरणअन्तर्गत रिलिज हुने अन्जु पन्तको आवाजमा ‘बढ्छ व्यथा दुख्छ मुटु’को म्युजिक भिडियो तयार भैसकेको र अरु दुई गीतहरुको पनि म्युजिक भिडियो बनाइने जानकारी पनि उहाँले दिनुभयो ।

आफ्नै लगानीमा यसरी आफ्ना गीतहरु श्रव्यदृश्यको माध्यमबाट श्रोताहरुमाझ ल्याउन लाग्नुभएको गीतकार उप्रेती विगत एक दशकभन्दा अघिदेखि यूकेमा बसोबास गर्दै आउनु भएको छ । र, उहाँको खुशी एल्बम र यसका गीत गजलहरुबाट प्राप्त हुने सम्पूर्ण आय आफ्नो लगानीसमेत नराखी च्यारिटीमा दिने पनि उहाँले घोषणा गर्नुभएको छ ।

सानैदेखि साहित्यमा रुची राख्ने गीतकार उप्रेतीले जीवनको यो मोडमा आएर आफ्ना रुचीहरूलाई मूर्तरुप दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले जीवनमा गर्नसक्ने सबैथोक गरिसकेँ, अब के गर्ने र जीवनलाई कसरी रोचक बनाउने भन्ने एउटा अवस्थामा आइसकेकोले पुराना रुचीहरूलाई व्युँताएर गीत–गजल लेखनमा अगाडि बढ्ने जमर्को हो मेरो । यसबाट मेरो मन र मस्तिस्कलाई नयाँ उर्जा मिलेको छ ।’

उहाँले हरेक डेढदेखि दुई वर्षको बीचमा कम्तीमा पनि एउटा एल्बम साहित्यप्रेमी र श्रोताहरुमाझ ल्याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?