Breaking News

फेसबुक र ट्वीटरलाई आइएसको धम्की

Feb Tue 2020 05:40:45

455 views

फेसबुक र ट्वीटरलाई आइएसको धम्की

बेलायतको एक स्वतन्त्र पत्रिकाका अनुसार लोकप्रीय सामाजिक सञ्जाल ट्वीटरले, कम्पनीका सीईओलाई चरमपन्थी संगठन इस्लामिक स्टेटबाट प्राप्त कथित भिडियोमार्फ दिइएको धम्की दैनिक जिन्दगीको एक भाग भएको प्रतिक्रिया दिएको छ ।

समाचार एजेन्सीका अनुसार आइएसको एक कथित भिडियोमा सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्ग र ट्वीटरका मुख्य कार्यकारी अधिकृत ज्याक डोर्सीलाई धम्कीपूर्ण भाषाको प्रयोग गरिएको छ की यदी आइएसका समर्थकको एकाउन्टस यसैगरी निशाना बनाउने कार्य जारी राखिएमा उनीहरुले गम्भीर परिणाम ब्यहोर्नुपर्नेछ ।

Islamic-State

फेसबुकले यसबारे अझैसम्म्पनि कुनै प्रतिक्रिया दिएको छैन ।

एमाचार एजेन्सी आइएएनएसका अनुसार एक वेबसाइट एनग्याजेटले आफ्नो रिपोर्टमा बताएको थियो की यो भिडियो आइएसको स्वघोषित साइबर सेना ‘सन्स खालिफा आर्मी’ ले अनलाइनमा पोष्ट गरेको थयो ।

समाचार संस्था पीटीआईका अनुसार आइएसको भिडियोमा उल्लेख छ, “तपाईहरु दैनिक सगर्व घोषणा गर्नुहुन्छ की तपाईहरुले हाम्रा धेरै एकाउ्न्ट्स रद्ध गरिदिनुभएको छ । तर हामी यतिमात्र भन्न सक्छौंः तपाई यस्तो गर्नुहुन्छ भने तपाई हाम्रो पक्षमा हुनुहुन्न ।”

भिडियोमा यो पनि दावी गरिएको छ की आइएसको हृयाकिङ समूहमा अझैपनि १० हजार फेसबुक एकाउन्ट्स, १५० फेसबुक ग्रुप र ५ हजार ट्वीटर एकाउन्ट्स छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?