Breaking News

विश्वभरको इन्टरनेट अवरुद्ध हुँदैछ, किन ?

Feb Tue 2020 05:40:55

552 views

विश्वभरको इन्टरनेट अवरुद्ध हुँदैछ, किन ?
रसिया टुडेको रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिक की सिस्टमको मर्मत गर्दैछ । क्रिप्टोग्राफिक कीले इन्टरनेटको एड्रेस बुक अर्थात् डोमेन नेम स्टिमको सुरक्षा गर्ने गर्दछ । यसका कारण मुख्य डोमेन सर्भरहरु तथा त्यससँग जोडिएका नेटवर्क पूर्वाधार केही समयका लागि अवरुद्ध हुनेछन् । यद्यपि, विश्वभर इन्टरनेट अवरुद्ध हुने हल्लाबाट आम इन्टरनेट प्रयोगकर्ता चिन्तित हुनु नपर्ने बताइको छ । किनकि विश्वका केवल १ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरु मात्रै यसबाट प्रभावित हुने बताइएको छ । अर्थात् ९९ प्रतिशत मानिसलाई यसले असर पार्नेछैन । रिपोर्ट अनुसार यदि नेटवर्क अपरेटर वा आइएसपिहरु यस परिवर्तनका लागि तयार नभएमा  इन्टरनेट प्रयोगकर्तालाई समस्या पर्न सक्दछ । आइएसपीहरुले उपयुक्त सिस्टम सेक्योरिटी एक्स्टेन्सनलाई सक्रिय पारेमा प्रयोगकर्ताले इन्टरनेट अवरोधको सामना गर्नुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?