Breaking News

थप्पड हानेर सुतेकालाई ब्युँझाउने अलार्म भिडियो भाइरल बन्दै

Feb Tue 2020 05:40:14

471 views

थप्पड हानेर सुतेकालाई ब्युँझाउने अलार्म भिडियो भाइरल बन्दै

सिमोन गिर्ट नामक यु ट्युब प्रयोगकर्ताले यो थप्पड हान्ने अलार्मको भिडियो यु ट्युबमा अपलोड गरेकी हुन् । उनैले यो अनौठो अलामको निर्माण पनि गरेका हुन् । यो अलार्ममा मोटर, घडी तथा एउटा नक्कली हातको प्रयोग गरिएको छ । यसलाई उनले वेकअप मेसिनको नाम दिएकी छन् ।

[embedyt] http://www.youtube.com/watch?v=mXLzfAHl4-k[/embedyt]

भिडियोमा उनी यो अलार्म प्रयोगको विधिबारे पनि बताउँछिन् । उनले भित्तोमा यो अलार्म सेट गर्छिन् र घडीमा टाइमर लगाएर सुतिरहेकी हुन्छिन् । जब घडीमा अलार्मको समय बज्दछ तब अलार्मले उनको अनुहारमा जोडतोडका साथ थप्पड हान्न सुरु गर्दछ । साथै त्यो नक्कली हातले उनको कपाल भुत्ल्याउन पनि थाल्दछ । आफ्नो कपाल सम्हाल्न पनि उनलाई हम्मेहम्मे हुन्छ ।

साँच्ची समयमा उठ्न त चाहने तर सक्दै नसक्ने अल्छी मानिसहरु जसले घडीको अलार्म बज्दा समेत उठेर बन्द गर्ने र फेरि सुत्ने गर्दछन् उनीहरुका लागि यो थप्पड हान्ने अलार्म निकै सहयोगी हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?