Breaking News

क्यान इन्फोटेक २०१८ मा २ लाख भन्दा बढी अवलोकनकर्ता ओइरिए

Feb Tue 2020 05:40:48

431 views

क्यान इन्फोटेक २०१८ मा २ लाख  भन्दा बढी अवलोकनकर्ता ओइरिए
काठमाडौंको भृकुटीमण्डपमा भएको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को दिनसम्म २ लाख उन्नाइस हजार पाँच सय उन्नाइस जनाले मेलाको अवलोकन गरेको क्यान महासंघले जनाएको छ । प्रदर्शनीमा बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति आमसर्वसाधारणको चासो झनै बढेको देखाएको छ । विगतका संस्करणहरुमा युवाहरुको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष वयस्कहरुको पनि बाहुल्यता रहेको पाइयो । विभिन्न विशिष्ट व्यक्तिहरुले समेत मेलाको अवलोकन गर्नुभएको छ । क्यान इन्फोटेक २०१८ को चौथो दिन माननीय आपूर्ती मन्त्री जयन्त चन्द, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी यादव, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक मिङमर लामा, प्रहरी वरिष्ठ उपरीक्षक पुर्णचन्द्र जोशी, कलाकारद्धय पल शाह र आँचल शर्मालगायतका विशिष्ट अतिथिले इन्फोटेक अवलोकन गरेका थिए । इन्फोटेकमा बिजनेश डेको अवसरमा बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेका छन् । यसअन्तर्गत नेपालस्थित अधिकृत विक्रेताहरुले आफूसँग व्यापारिक सहकार्य गर्न चाहने कम्पनी वा समूहसँग व्यापारिक साझेदार समेत गरेका थिए।
विशेष गरी इन्टरनेट सेवाप्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप÷कम्प्युटर एवं कम्प्युटर एसेसोरिज, डिजिटल टिभी, सफ्टवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, आइटी कलेज र ट्रेनिङ इन्स्टिच्युटहरुले आफ्ना वस्तु र सेवाको ब्रान्डिङ गर्नुका साथै आकर्षक क्यान अफर समेत राखेका थिए। शीर्ष प्रायोजक सुबिसु केबलनेटले आफ्नो ब्रान्ड प्रवद्र्धन गर्न दुई महिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ एमबिपीएस अनलिमिटेड इन्टरनेट सेवा प्रदान गरेको छ । इन्फोटेकको सहशीर्ष प्रायोजक कम्पनी मोटोरोलाले आफ्नो मिड रेन्ज स्मार्टफोन ई ४ प्लसको विशेष प्रदर्शनी गरिरहेको छ । प्लाटिनम स्पोन्सर वल्र्डलिंकले ल्याएको नयाँ प्रविधि स्मार्टहबमा अवलोकनकर्ताको निकै आकर्षण रहेको पाइयो । यो प्रविधिमार्फत् मोबाइल एपबाट घरको ढोका लक गर्न, लाइट अफ गर्न, त्यहाँको गतिविधि निगरानी आदि कार्य गर्न सकिन्छ । मेलाकै अवसर पारी नेपालमा सार्वजनिक गरिएको नयाँ प्रविधिअन्तर्गत पाइना ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ ल्याएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड र युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट ३९ ओटा शरीरका रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने जानकारी कम्पनीले दिएको छ । मेलाकै अवसर पारेर हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिरहेको छ । साथै हाइसेन्सका ६५ इन्चसम्मका टिभीहरुमा २० प्रतिशत छुटसहित नेपाली ग्राहकका प्रदर्शनी गरिएको छ । हुवावेको नोभा २ मोडलको स्मार्टफोनले प्रयोगकर्ताको मन लोभ्याएको छ । साओमी नेपालले एमआई ब्रान्डका नयाँ स्मार्टफोनका अतिरिक्त इको प्रोडक्टहरुको बजार प्रवद्र्धन क्यान इन्फोटेकमार्फत् गरिरहेको छ । लिभ स्मार्ट नामक कम्पनीले ल्याएको वायरलेस डिस्ट्रिब्युसन कन्ट्रोल बक्समा अवलोकनकर्ताको आकर्षण निकै देखिएको छ । यो सिस्टमबाट मोबाइल एपमार्फत् घरको एमसी, एलइडी÷ट्युबलाइट, फ्रिज, सिएफएल लगायत विद्युतीय सामाग्रीहरु खोल्न बन्द गर्न एवं निगरानी गर्न सकिन्छ । मेलामा नेपालमै बनेका सफ्टवेयरहरुको विशेष प्रदर्शनी गरिएको छ । मेलामा नागमणी, म्याक्स इन्टरनेश्नल, नारायणी मेगाटेक लगायतका कम्पनीहरुले ल्याएका ल्यापटपलगायतका प्रविधिहरुको व्यावसायिक प्रवद्र्धन गरिरहेको छ । मेलामा मेरो टिभीले लाइकमा बाइक अफर ल्याएको छ, जसअन्तर्गत मेरो टिभी मोबाइल एप डाउनलोड गरेका प्रयोगकर्तामध्ये एकले होन्डा बाइक जित्न सक्नेछन् । एन्टिभाइरसअन्तर्गत ई सेट एन्टिभाइरसमा प्रयोगकर्ताले २० देखि ५० प्रतिशत सम्मको छुट तथा मास्क,कप र १६ जीवि सम्मको युएसबि ड्राइभ समेत प्राप्त गर्न सक्नेछन् । त्यस्तै कास्परस्काई एन्टिभाइरसको खरिदमा ३० देखि ४० प्रतिशतसम्मको छुटका साथमा एक हजार रुपियाँ पर्ने ल्यापटप ब्याग निःशुल्क दिइएको छ । त्यस्तै ई स्क्यान एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीको खरिदमा ६ देखि १५ सय रुपियाँसम्म छुट एवं ६ महिनाको मोबाइल सेक्युरिटी निःशुल्क दिइएको छ । त्यस्तै डिटिसी मोबाइल खरिदमा २५ सय एमएएचको पावरबैंक निःशुल्क दिइएको छ । प्रदर्शनीमा फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ लगायतका स्टलहरुले आफ्ना प्रडक्टको प्रवद्र्धनमा आकर्षक अफर ल्याएका छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी २२२ स्टल रहेका छन । इन्फोटेक माघ १६ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?