यौनका सन्दर्भमा पश्चिमेली समाजलाई खुल्ला र पूर्वीय समाजलाई संकुचित मानिन्छ । त्यसो त पछिल्लो समय पूर्वीय समाज पनि आधुनिकताका नाममा पश्चिमेली सस्कृती अबलम्बन गर्न थालेका छन् । तर यौनका मामिलामा पूर्वीय समाज पनि कम्ति खुल्ला भने छैन । यसको बिस्तृत अध्ययन अनुसन्धान नभएको मात्र हो ।
नेपालकै सन्दर्भमा भन्ने हो भने पनि सयौ बर्ष पुरानो मठ मन्दिरहरुमा थरिथरिका यौनाकृतिहरु कुदिएका छन् । अधिकांश चर्चित मन्दिरहौर्मा खुल्लमखुल्ला देखिने ठाउँमा बिभिन्न तरिकाका यौनासनहरु बनाइएका छन् । के तपाईले यी कुराहरु ख्याल गर्नु भएको छ ? यसलाई कतिपयले लुकी लुकी चिहाइरहेको हुन्छ भने कतिपय नदेखे झैँ गरेर हिड्ने गरेका छन् ।
सार्वजनिक ठाउँमा त्यस माथि पबित्र मानिने मन्दिरमै किन यस्तो बिचीत्र यौनासन बनाईयो भन्ने सन्दर्भमा बिभिन्न धारणाहरु छन् । तर यसको सार के हो भने त्यस बेला पनि यौन सम्पर्कका बेग्लै दुनिया थिए । यसलाई मनोरन्जन र मस्तीको साधन मानिन्थ्यो । अहिले जतिसुकै खुल्लापनको कुरा गरे पनि यी टुडालहरु नियाल्दा त्यसबेलाको शैली पनि ‘कडा’ नै लाग्छ । यति मात्रै होइन कतै अहिलेका आधुनिक भनिएका जमातले यी पुराना टुडालहरुबाटै सिकेका त होइनन् ? अनुसन्धान गर्न जरुरी छ ।
मन्दिरमा यौनासन किन बनाइए भन्ने बारेमा बिभिन्न धारणा/मान्यता छन् । के पनि विश्वास छ भने मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन मन्दिरको बाहिर नै कामुक कला कुदिएका थिए । केहि किम्बदन्ती के छ भने मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन । जसको कारण कहिलै पनि मन्दिरहरुमा कुनै क्षति हुँदैन ।
अर्को मान्य के पनि छ भने प्राचिन कालमा हिन्दुधर्मावलम्बीहरुलाई मुश्लिम शाशकहरुको डर थियो । मुस्लिमहरुले आक्रमण गर्नेक्रममा नग्न र कामुक बस्तुहरुको नजिक पर्दैनन् भन्ने त्यतिखेरको चेतना थियो त्यसैकारण उनीहरुबाट मन्दिरलाई जोगाउनकै लागि पनि यस्ता आकृति कुदिएका थिए भनिन्छ । कतिपयले यस बिषयलाई त्यतिखेरको राजाहरुको सम्पन्नता र मज्जाको जीवनशैलीका रुपमा पनि चित्रण गरेका छन् । यी १३ फोटोमा हेर्नुस भगवानहरुको यौन जीवन ।