Breaking News

क्यान सफ्टेक–२०१५ भाद्र १७ गते देखि

Feb Tue 2020 05:40:36

1011 views

क्यान सफ्टेक–२०१५ भाद्र १७ गते देखि
can-softकम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) कोआयोजना कन्भर्जिङ् टु इ—लाइफ’ भन्ने मूल नाराका साथ आगामी भदौ १७ देखि २० सम्म उक्त क्यान सफ्टेक प्रदर्शनी सुरु हुने भएको छ । सफ्टेकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर, सोलुसन्स्, सर्भिसेज र कम्युनिकेसनसँग सम्बन्धित कम्पनीहरुले भाग लिने हुँदा सर्वसाधारणले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै पाउने आशा लिइएको छ । क्यान सफ्टेक–२०१५ सेवासम्बन्धी क्षेत्रमा इन्टरनेट सेवा, केवल तथा टेलिभिजनसम्बन्धी सेवा, सोलुसनको क्षेत्रमा सेक्युरिटी सोलुसन्स्, वायरलेस सोलुसन्स्, प्रिन्टिङ सोलुसन्स्, पावर सोलुसन्स् र विभिन्न एप्लिकेसनसहितका ट्याब्लेटसँग सम्बन्धित स्टलहरु तथा कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाइल र ल्यापटपसहितका स्टलसमेत सफ्टवेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैङ्किङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाईरस र अस्पताल व्यवस्थापनलगायत सफ्टवेयर रहने जनाएको छ क्यान सफ्टेक–२०१५ को अवलोकन करिब एक लाख ५० हजारले गर्ने अनुमान गरिएको छ । अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश रु ५० र विद्यार्थीहरुलाई रु २५ शुल्क तोकिएको छ । कलेज तथा विद्यालयका विद्यार्थीहरु सम्बन्धित कलेज तथा विद्यालयको पत्रसहित आएमा टिकट दरमा विशेष छुटसमेत प्रदान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?