Breaking News

नेपाल प्रहरीको साईबर सुरक्षा सल्लाहकारमा रामहरी सुबेदी

Feb Tue 2020 05:40:57

271 views

नेपाल प्रहरीको साईबर सुरक्षा सल्लाहकारमा रामहरी सुबेदी

नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभाग काठमाण्डौंले डा. रामहरी सुवेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्त गरेको छ । नेपालमा बढ्दो साइवर अपराधका घटनालाई न्युनीकरण गर्ने उद्देश्यले रामहरी सुवेदीलाई नेपाल प्रहरीको साइवर सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको अपराध अनुसन्धान बिभागका प्रमुख बिज्ञान राज शर्माले बताएका छन् ।  नेपाल प्रहरीले आफूलाई दिएको स्पेसप्रति आफू दृढ र निश्चल रहेर साइवर अपराध र सुरक्षाका लागि सल्लाह सुझाव सहित काम गर्ने सुवेदीले बताएका छन् । आगामी दिनहरुमा नेपालमा साईबर सुरक्षाको खतरालाई कम गर्नको लागि मैले सक्दो सहयोग पनि गर्ने वाचा गर्दछु, सुवेदीले आफ्नो फेसबुक वालमा लेखेका छन् । रामहरी सुवेदीले साइवर सुरक्षामा युएसबाट डाक्टर पास गरेका छन् भने लामो समय नासामा रहेर काम गरिसकेका छन् भने सुवेदी डिसी नेपाल डटकमका संस्थापक तथा प्रमुख पनि हुन् ।Dr ramhari subedi नृृपालमा बढ्दो साइवर अपाराधसँगै साइवर सरुक्षाको चुनौतीलाई हल गर्ने उद्देश्यले डाक्टर सुवेदीले युएस वेस रहेर साइवर सुरक्षा अन्तराष्टिय इन्स्च्यिुट समेत स्थापना गरेका छन् । इन्स्च्यिुटमार्फत नेपालमा साइवर अपराध एवं सुरक्षका चेतनामुलक अभियान र प्राविधिक तालिम समेत दिइने कार्यक्रमयोजना रहेको छ ।

CYBER SECURITY INSTITUTE INTERNATIONAL www.cybersii.com

cyber security pic

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?