Breaking News

नुवाकोट काँग्रेस सभापतिमा जगदीशनरसिंह केसी विजयी

Feb Wed 2020 02:40:55

480 views

नुवाकोट काँग्रेस सभापतिमा जगदीशनरसिंह केसी विजयी

हाम्रालाई होइन राम्रा र नेतृत्वका लागि भिजन भएका व्यक्तित्वलाई प्राथमिकता दिने नीति अनुसार नेपाली कँग्रेसको १३ औं महाधिवेसन देशैभरि चलिरहेको छ । नेपाली कँग्रेस नुवाकोट जिल्ला अधिवेसनमा महत र केसीको लडाइमा निवर्तमान सभापति तथा सांसद जगदीशनरसिंह केसीले बाजी मारेका छन् ।केसीले आफ्ना प्रतिष्पर्धी तथा निवर्तमान सचिव रमेश महतलाई हराएका हुन्। केसीले ३३२ मत jagadish-narsingh-kc.jpgल्याएका थिए भने महतले ३१८ मत ल्याएर कडा प्रतिष्पर्धा दिएका थिए।

अधिवेशनबाट केसीको प्यानल नै निर्वाचित भएको छ। केसीको प्यानलबाट सचिवमा सुरेन्द्र अधिकारीले ३४३ मत ल्याउँदै प्रतिष्पर्धी श्रीराम श्रेष्ठलाई हराएका हुन्। श्रेष्ठले २७४ मत ल्याएका थिए। कोषाध्यक्षमा केसी प्यानलकै महेन्द्र थिङ ३२७ निर्वाचित भएका हुन्। उनका प्रतिष्पर्धी मणिराम केसीले २६२ मत ल्याएको क्षेत्र नम्वर २का क्षेत्रीय सदस्य सरोज केसीले जानकारी दिए।

नुवाकोटमा केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी पक्ष र रामशरण महत तथा प्रकाशशरण महतको पक्षबीच लामोसमयदेखि कटुतापूर्ण राजनीतिक प्रतिष्पर्धा रहँदै आएको छ। केन्द्रीय राजनीतिको महत्वपूर्ण पदका दावेदार दुबै नेताको स्थानिय राजनीतिको प्रतिष्पर्धालाई केन्द्रीय राजनीतिमा बडो चासोका साथ हेरने गर्दछ।jagadish

क्षेत्रीय अधिवेशनमा आफू निकटका ६० प्रतिशत मतदाताहरु आउँदा आँदै पनि तिनको व्यवस्थापन गर्न नसकी महाधिवेशन प्रतिनिधीमा कमजोरी गरेको केसी पक्षले ति कमजोरीबाट पाठ सिक्दै जिल्ला अधिवेशनमा भने आफ्नो वर्चस्व कायम गरेको छ। यसले काँग्रेस नेता केसीले क्षेत्रमा गुमाएको राजनीतिक साखलाई बचाउने मात्र हैन अगाडी बढ्न थप सहज बनाएको विश्लेषण नुवाकोटका काग्रेस कार्यकर्ताहरुले गरेका छन। देश र जनताको हितका लागि पार्टीको उद्देश्य र सिद्धान्तअनुसार काम गर्दै अन्य राजनीतिक पार्टीका जिम्मेवार व्यक्तिहरुसँग सहकार्यकासाथ अगाडी बढ्ने प्रतिबद्धता केसीले व्यक्त गर्नुभएको छ । नातागोता र आफ्नो स्वार्थभन्दा माथि रहेर देश र जनताका लागि काम गर्ने मनोभावना सहित सफल कार्यकालको लागि हामी सबैको शुभेच्छा छ जगदीशनरसिंह केसीको जिम्मेवारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?