Breaking News

'रियल लाइफ' मा नबोल्ने 'रियल लाइफ' का चर्चित बलिउड टिभी जोडीहरु

Feb Tue 2020 05:40:19

740 views

'रियल लाइफ' मा नबोल्ने 'रियल लाइफ' का चर्चित बलिउड टिभी जोडीहरु
क्यामराको अगाडी जोडीको रुपमा अभिनय गर्ने तर यथार्थ जीवनमा एकअर्कासँग नबोल्ने भन्ने सुन्दा अनौठो लाग्न सक्ला । तर, भारतीय टेलिभिजन धारावाहिकमा अभिनय गर्ने यस्ता केही जोडी छन् उनीहरुको खास सम्बन्ध राम्रो छैन ।
सुरज–सन्ध्याः ‘दीया और बाती हम’ का जोडी दीपिका सिंह (सन्ध्या) र अनस रशीद (सुरज) एकसमयका राम्रा साथी थिए । सम्बन्ध यसकारण बिग्रियो, सन्ध्याले सबैको अगाडी सुरजलाई थप्पड हानिन् । त्यसपछि उनीहरुको बोलचाल हरायो । तर, पर्दामा उनीहरुको सम्बन्ध बिग्रिएजस्तो लाग्दैन ।
करण–हिनाः ‘ए रिश्ता क्या कहलाता है’ विगत सातवर्षदेखि दर्शकमाझ लोकप्रिय छ  । तर, यसका मुख्य जोडी करण मेहरा (नैतिक) र हिना खान (अक्षरा) आजसम्म साथी बन्न सकेका छैनन् । यिनीहरुबीच कुनै झगडा भएको त छैन तर एकआपसमा बोल्दैनन् ।
दिव्यांका–करणः ‘ए है मोहब्बतेँ’ को मुख्य जोडी दिव्यांका त्रिपाठी र करण पटेलबीच पनि राम्रो सम्बन्ध छैन । कारण हो, करण बढी नखरा पार्थे र सुटिङमा ढिला आइपुग्थे । गत वर्ष दिव्यांका दुर्घटनामा परेपछि भने करण थोरै सुध्रिएका छन् र सम्बन्ध सुधार्ने कोसिसमा छन् ।
सिद्धार्थ–तोरलः ‘बालिका बधु’को मुख्य जोडी  सिद्धार्थ शुक्ला र तोरल रासपुत्राबीच पनि बोलचाल छैन । पहिले भने यिनीहरु राम्रा साथी थिए । सुटिङका क्रममा यी दुईबीच मनमुटाव आयो र बोलचाल बन्द भयो । तर, टेलिभिजनमा यी दुईको केमेष्ट्री बलियो मानिन्छ ।
मुदित–सिमरनः ‘अनामिका’ मा मुख्य भूमिका निभाउने मुदित नायर र सिमरन कौरबीच कुनै झगडा भएको त छैन तर बोलचाल पनि छैन । यी दुवैजनाको सिमित व्यक्तिसँग मात्र खुल्ने एकैखाले स्वभाव छ । सुटिङ सकिएपछि दुवै एक्लै बस्न रुचाउँछन् ।
विवियन–दृष्टिः ‘मधुबाला एक इश्क एक जुनुन’ को जोडी विवियन दशेना र दृष्टि धामीबीच बोलचाल थिएन । यसो हुनुमा दुवैमा ‘इगो इस्यु’ कारण मानिन्छ । विवियनले सो छोड्ने र फेरि काम गर्न थालेपछि उनीहरुको सम्बन्ध झन् बिग्रिएको थियो ।
मोहित–सोनारिकाः ‘देवोँ के देव महादेव’मा शिव र पार्वतीको भूमिका निभाउने मोहित–सोनारिकाबीच पनि खटपट थियो । यसैकारण पछि सोनारिकालाई सोबाटै हटाइएको थियो ।
रजत–परिधीः सन् २०१३ देखि १५ सम्म प्रसारण भएको ‘जोधा अकबर’ सिरियलका रजत टोकस र परिधी शर्माबीच पनि बोलचाल छैन । रजतलाई परिधी आफूभन्दा सिनियर लाग्छ त्यसैले बोल्थेनन् । परिधी पनि बोल्न आउँथिनन् ।
फरहान–सनायाः ‘छनछन’सिरियलका फरहान खान र सनायाबीच बेलाबेला झगडा भइरहन्थे । फरहानले सम्बन्ध मिलाउन खोजे तर त्यसको असर अभिनयमा प¥यो । त्यसपछि फरहानलाई सिरियलबाटै निकालियो । फरहानको भनाईमा सनाया रुखो थिइन् ।
यीबाहेक ‘अमृत मन्थन’ का अंकित शर्मा र नवी भंगु, ‘ए कैसि यारियाँ’ का निती टेलर र पर्थ समन्ता, ‘कसौटीका जिन्दगी’ सिजैन खान र श्वेता तिवारीबीच पनि राम्रो सम्बन्ध भएन र छैन्।
 -News Source:Kala.setopati.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?