Breaking News

लाइसेन्स लिन अब यसरी सुरुमै ‘टी’ सेप पास गर्नुपर्ने

Feb Tue 2020 05:40:10

353 views

लाइसेन्स लिन अब यसरी सुरुमै ‘टी’ सेप पास गर्नुपर्ने

काठमाडौं– यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ।

यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने छ।

सेवाग्राहीको चापलाई ध्यानमा राखेर कार्यालयले यस्तो निर्णय गरेको हो,’ यादवले भने, ‘शुरुमा अंग्रेजी अङ्क आठ आकारमा ट्रायल लिँदा यसले धेरै समय लिने भएकोले सेवाग्राहीले धेरैबेर कुर्नुपर्ने भयो। तर, शुरुमा टी पार्किङबाट ट्रायल शुरु गर्ने हो भने त्यसमा कम समय लाग्ने र पास भएर जानेले मात्र आठ आकारमा ट्रायल दिन पाउने भएकोले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न सहज हुन्छ।’

उनका अनुसार शुरूमै 8 अाकारमा परीक्षा लिँदा एक सेवाग्राहीलार्इ कम्तीमा पनि १० मिनेटसम्म अर्काे सेवाग्राहीले कुर्नु पर्ने हुन्थ्याे। तर, शुरूमा टी पार्किङकाे परीक्षा लिँदा एउटा सेवाग्राहीलार्इ ३ मिनेटभन्दा बढी समय लाग्दैन। र, टीमा पास हुनेले मात्र 8 मा जान पाउने भएकाेले चाप व्यवस्थापनमा सहयाेग मिल्न सक्छ।

यादवका अनुसार विभागको निर्देशनअनुसार नै ढाँचा परिवर्तन गरिएको हो। गाडीको लाइसेन्सका लागि बुधबार लिखित परीक्षा दिने सेवाग्राहीको भीड बढेपछि विभागले सबैको ट्रायल लिन नसक्ने भएपछि सूचना टाँस गरी शुक्रबार ट्रायल लिन जानकारी गराएको छ।

गाडीका लागि कार्यालयले सिंहदरबारको प्रमुख द्वारदेखि पश्चिमपट्टि रहेको बग्गीखाना ट्रायल स्पटमा ट्रायल परीक्षा लिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?