Breaking News

सिएसआइटी एक्स्पो २०१६ मा बिएस्सी सिएसआइटी पढ्न इच्छुक विद्यार्थीको घुइँचो

Feb Tue 2020 05:40:52

409 views

सिएसआइटी एक्स्पो २०१६ मा बिएस्सी सिएसआइटी पढ्न इच्छुक विद्यार्थीको घुइँचो

काठमाडौं । समाज रुपान्तरणमा सूचना र प्रविधि भन्ने मूल नारासहित शुक्रबार अमृत साइन्स क्याम्पसमा आयोजित ‘अस्कल सिएसआइटी एक्स्पो २०१६’ सम्पन्न भएको छ । क्याम्पसको सिएसआइटी विभागले आयोजना गरेको सो एक्स्पोमा विभिन्न विद्यालय, उच्च मावि र स्नातक पढ्दै गरेका करिब २५ सय विद्यार्थीहरुले अवलोकन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानका डिन प्राध्यापक रामप्रसाद खतिवडाले मैनबत्ती बाली यस संस्करणको एक्स्पो उद्ध्घाटन गरे । सो अवसरमा प्राध्यापक खतिवडाले २१औं शताब्दीको आवश्यकताअनुसारको विषय सिएसआइटी भएकाले त्रिविले यसलाई उच्च प्राथमिकतामा राखेको बताए । ‘सूचना प्रविधि क्ष्ँेत्रमा आवश्यक जनशक्ति तयार पार्न स्वदेशी विश्वविद्यालयबाटै उत्कृष्ट पाठ्यक्रमसहितको सिएसआइटी कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘अहिले हामी बिएस्सी सिएसआइटीको पाठ्यक्रमलाई सामान्य परिमार्जन गर्दै पछिल्लो बजारको मागअनुकुल बनाउने तयारीमा छौं ।’

उद्घाटन कार्यक्रममा बोल्दै कम्प्युटर एशोसिएन नेपाल (क्यान) महासंघका अध्यक्ष ई. विनोद ढकालले सिएसआइटी विषयमा विद्यार्थीहरुको आकर्षण पछिल्लो समयमा झनै बढेकाले भविष्यमा आइसिटी क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने भनाइ राखे । कार्यक्रममा अस्कलका सिएसआइटी विभाग प्रमुख विनोदकुमार अधिकारीले पनि बोलेका थिए ।

सिएसआइटी कलेजहरुमा आकर्षण एक्स्पोमा राजधानीका सिएसआइटी पढाउने ९ कलेजहरु सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, हिमालय कलेज अफ इन्जिनियरिङ, न्यू समिट, समृद्धि, अर्किड, प्राइम, एसिया स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, टेक्सास, सेन्ट लरेन्सले स्टल राखेका थिए । सो अवसरमा सिएसआइटी पढ्न इच्छुक विद्यार्थीहरुलाई कलेजहरुले परामर्श प्रदान गरेका थिए । ‘बिएस्सी सिएसआइटी पढ्न चाहनेहरुका लागि हिमालय कलेज एउटा उत्कृष्ट रोजाई बन्न सक्छ,’ हिमालय कलेज अफ इन्जिनियरिङस्थित सिएसआइटीका पूर्व विद्यार्थी एवं कार्यक्रम संयोजक नरेन्द्रविक्रम विष्टले भने, ‘इन्जिनियरिङ इन्भाइरोमेन्टमा पढाइ हुने, प्रशस्त रिसोर्स र फ्याकल्टी मेम्बरको व्यवस्था भएकाले यस कलेजमा आकर्षण बढिरहेको छ ।’ त्यस्तै सगरमाथा कलेजका इयर कोर्डिनेटर सुवास कार्कीले वर्तमान बजारको ट्रेन्डअनसार विद्यार्थीहरुलाई परिपक्व बनाउन कलेजले पाठ्यक्रमका अतिरिक्त ट्रेनिङ र प्लेसमेन्ट डिपार्टमेन्ट नै सञ्चालन गरिरहेको जानकारी दिए ।

विद्यार्थीका प्रोजेक्टहरुको प्रदर्शनी

सिएसआइटी अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रडक्ट र प्रोजेक्ट वर्कहरुको पनि सो अवसरमा प्रदर्शनी गरियो । सेन्ट लरेन्सका विद्यार्थीहरु निवेश शंखदेव, प्रमितराज उपाध्याय, समन प्रधान, सुजन ढकाल र अंकुर बेलबासेले बनाएको हस्पिटल म्यानेजमेन्ट सिस्टममा अवलोकनकर्ताहरुको आकर्षण रहेको थियो । उनीहरुले बनाएको यो सिस्टममा सेल्स रिसिप्ट प्रिन्टिङ, स्टाफहरुको जानकारी, पेरोल, सेल्स रिपोर्ट, पर्चेज इन्ट्री/रिपोर्ट, एसेट्स लगायतका सुविधा रहेको छ । त्यस्तै सगरमाथा कलेजका फाइनल इयरका विद्यार्थीले थ्रीडी गेम ‘समन हन्टर’ प्रदर्शनीमा राखेका थिए । त्यस्तै न्यू समिट कलेजका विद्यार्थीले बनाएका कलेज नोटिफिकेशन सिष्टम र खोप मोबाइल एपमा पनि अवलोकनकर्ताको आकर्षण रहेको थियो । त्यस्तै अस्कल क्याम्पसका ४ विद्यार्थीले महिलालाई लक्षित गरी बनाएको स्मार्ट नारी एप पनि प्रदर्शनीमा राखिएको थियो ।

हस्पिटल म्यानेजमेन्ट सिस्टम बनाएका सेन्ट लरेन्सका विद्यार्थीहरू हस्पिटल म्यानेजमेन्ट सिस्टम बनाएका सेन्ट लरेन्सका विद्यार्थीहरू कम्पिटिशन र प्रजेन्टेशन एक्स्पोमा विभिन्न थिममा पेपर प्रेजेन्टेशन र कम्पिटशिन पनि आयोजना गरिएको थियो । सफ्टवेयर एवं एप्लिकेशन प्रेजेन्टेशन, भिडियो÷फोटो कम्पिटिशन, वेब पेज डिजाइनिङ कम्पिटिशन, कोडिङ कम्पिटिशन, गेमिङ कम्पिटिशन, टक प्रोग्राम, वर्कसप आदि आयोजना भएको एक्स्पो इभेन्ट संयोजक प्रमोद अर्याल र सविन वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?