नेपाल-भारत साइबर वार, यि देशहरुले दिँदैछन् नेपाललाई साथ
Feb Tue 2020 05:40:16
761 views
भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीविरुद्ध ह्याकरहरुले भारतका सयभन्दा वेबसाइट ह्याक गरिदिएका छन् । #opbackoffindia भन्दै नेपालका केही ह्याकरले सुरु गरेको यो अभियानमा अन्य देशका ह्याकरहरु पनि संगठित भएका छन् ।
भारतीय हस्तक्षेपविरुद्ध हामी नेपालसँगै छौ भन्दै पाकिस्तान, बंगलादेश, अफगानिस्तान, फिलिपिन्स र इन्डोनेसियाका ५० भन्दा बढी ह्याकरहरुको प्रयासमा केही दिनदेखि भारतीय बेवसाइटमा आक्रमण भइरहेको छ ।
यो संख्या अझ ठूलो हुने उनीहरुले चेतावनी दिएका छन् । केही दिनअघि भारतीय ह्याकरले backoffindia ट्रेन्डिंगविरुद्द बदला लिंदै नेपाल पत्रकार महासंघ लगायतका नेपाली साइटमा आक्रमण गरेका थिए ।