Breaking News

साइबर सेक्युरिटीको पिएचडी अध्ययनका लागि इन्फोसेक नेपालका निर्देशक डिल्ली शर्मा न्यजिल्यान्डतर्फ

Feb Tue 2020 05:40:53

531 views

साइबर सेक्युरिटीको पिएचडी अध्ययनका लागि इन्फोसेक नेपालका निर्देशक डिल्ली शर्मा न्यजिल्यान्डतर्फ

साइबर सेक्युरिटी विषयमा पिएचडी अध्ययन गर्नका लागि इन्फोसेक नेपाल का निर्देशक डिल्ली शर्मा न्यजिल्यान्ड जाने भएका छन् ।  न्यजिल्यान्ड जाने अन्तिम तयारीमा रहेका इन्फोसेक नेपालका संस्थापक निर्देशक शर्मालाई संस्थाको तर्फबाट बिदाई एवं शुभकामना प्रदान गरिएको छ । राजधानीमा आयोजित बिदाइ तथा शुभकामना कार्यक्रममा संस्थाका पदाधिकारीहरुको शर्मालाई बिदाइ सहित पिएचडी अध्ययनको शुभकामना दिए । न्यजिल्यान्डको युनिभर्सिटी अफ क्यान्टरबरीमा साइबर सेक्यरिटी विषयमा पिएचडी गर्न जान लागेका शर्माले इन्फर्मेशन सेक्यरिटीको शोधबाट नेपालको सूचना प्रविधि क्षेत्रमा थप काम गर्ने आफ्नो योजना रहेको बताए ।

infosec

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?