Breaking News

युट्युबले १० हजारभन्दा कम भ्यु भिडियोमा विज्ञापन नदिने

Feb Tue 2020 05:40:10

398 views

युट्युबले १० हजारभन्दा कम भ्यु भिडियोमा विज्ञापन नदिने

युट्युबको नयाँ रणनीतिअनुसार अब यु ट्युबले १० हजार भन्दा कम भ्यूज भएका च्यानलका भिडियोहरुमा विज्ञापन दिनेछैन । यसबाट पैसा कमाउनका लागि पाइरेटेड तथा आपत्तिजनक भिडियोको प्रयोग गर्नेहरु निरुत्साहित हुनेछन् ।

यु ट्युबमा भएका आपत्तिजनक भिडियोहरुमा समेत आफ्ना विज्ञापन देखाइएको भन्दै विश्वका विभिन्न चर्चित कम्पनीहरुले यु ट्युबमा विज्ञापन बहिस्कार गर्ने चेतानवी दिएसँगै यु ट्युबले यस्तो कदम चालेको हो ।

यु ट्युबले यु ट्युबमा भिडियो राखेर पैसा कमाउन चाहने नयाँ सर्जकहरुलाई लक्षित गरी रिभ्यु प्रक्रियाको पनि थालनी गर्दैछ । जब कुनै च्यानलले १० हजार भ्यूज पूरा गर्दछ तब यु ट्युबले उक्त भिडियोको मूल्यांकन गरी त्यसले यु ट्युबको नियम पालना गरे नगरेको पत्ता लगाउँछन् । मूल्यांकनमा पास हुने भिडियोले बल्ल यु ट्युबमा विज्ञापन पाउनेछ । यसबाट नियम पालना गर्ने यु ट्युबका सर्जकहरुमा विज्ञापनबापतको रकमको हिस्सा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?