उपभोक्ताहरू दाउरा किन्नका लागि पेट्रोलको लाइनजस्तै लाइन लागेका छन्। दाउरा किन्न नागरिकताको फोटोकपी अनिवार्य बोकेर जानुपर्ने छ ।उपभोक्तालाई बिक्रीका लागि टिसीएनले बाराको बनबाट रुखका ६ ट्रक मुढा काठमाडौ ल्याएको छ। टीसीएनले मुढा नचिरीकनै उपभोक्ताहरुलाई विक्री गर्ने तयारी गरेको छ। टीसीएनले दाउरा विक्री गर्ने जानकारी पाएर शनिबार बालकुमारी गोदाममा पुगेका उपभोक्ताहरुले मुढा नचिरीकन विक्री गर्ने तयारी गरिएकोप्रति असन्तुष्टि पोखे।