Breaking News

रोग बन्दै सेल्फि ! हाइकोर्टका श्रीमानको सेल्फीमोह

Feb Tue 2020 05:40:54

619 views

रोग बन्दै सेल्फि ! हाइकोर्टका श्रीमानको सेल्फीमोह

पहिलो सेल्फि कहिले खिचियो ?

बिशेषगरी युवाहरुमा सेल्फिका कारण रोगको सिकार बन्दै छैन् । सुगठित शरीर देखाउने यो लत बढी युवतीहरुमा देखिएको छ । ‘सेल्फिसाइटिस’ एक यस्तो अवस्था हो, यदि कोही सेल्फि नलिए वा सेल्फि सामाजिक सञ्जालमा राख्न नपाएमा उत्तेजित र बेचैन बन्ने गरेका छन् । यसलाई ‘ओब्सेसिव कम्लिसिव डिसअर्डर’ भनिन्छ ।

सेल्फिको इतिहास – इतिहासमा पहिलो सेल्फि अमेरिकाका फोटोग्राफर रोबर्ट कोर्नेलियसले सन् १८३९ मा लिएको दाबी गरिएको छ । कोनेलियसले आफ्नो तस्विर आफैँ खिच्ने प्रयास गरेका थिए । त्यसो त सन् १८५०मा पहिलो सेल्फि लिइयो पनि भनिएको छ । सेल्फि शब्दको प्रयोग – अस्ट्रेलियाको एक वेबसाइटले सन् २००२ को १३ सेप्टेम्बरमा अस्ट्रेलियाको एक वेबसाइटले पहिलो पटक ‘सेल्फि’ शब्दको प्रयोग गरेको थियो ।

‘सेल्फि’को अर्थ – सेल्फिको अर्थ आफूँ अर्थात् स्वयंम हुन्छ । हिजोआज, सेल्फि भन्नाले आफ्नो हातले आफ्नो तस्विर लिनु बुझिन्छ । सन् २०१२ को अन्त्यतिर टाइम म्यागेजिनले बर्षका १० उत्कृष्ट शब्दमा ‘सेल्फि’लाई पनि राखेको थियो । त्यस्तै, २०१३ मा नोभेम्बरमा अक्सफोर्ड इंगलिस डिक्सअनरीले ‘सेल्फि’ शब्दलाई ‘वर्ड अफ द डे’ घोषित गरेका थियो ।

सेल्फिका सौखिनका लागि खतरा – सेल्फि लिने क्रममा धेरैले ज्यान गुमाएको खबर सुन्छौ । रुसकी १७ बर्षीय जीनियाले सेल्फिका लागि २८ फिट अग्लो पुलबाट खसिन् । त्यस्तै, १८ बर्षीय रोमनी युवतीले ट्रेनको छतबाट सेल्फि खिच्ने हुँदा मृत्यु लिन पुगिन् । ओस्कर ओटेरो एगुइलर नामका एक युवकले फेसबुकमा आफ्नो टाउँको बन्दुक तर्साएर सेल्फि लिन खोज्दा पड्किएर मरेका थिए । त्यस्तै, हाम्रै नेपालमा नारायणी नदीमा सेल्फि खिच्ने क्रममा नम्रता सापकोटा बेपत्ता भइन् ।

हाइकोर्टका श्रीमानको सेल्फीमोह !

उच्च अदालतका नवनियुक्त न्यायाधीश मदन पोखरेलले बुधबार आफ्ना केही समकक्षीसँग सेल्फी हाने । र, सो तस्वीर उनले सगर्व आफ्नो फेसबुकमा पोस्ट गरे । श्रीमानले रोमनमा यस्तो लेखे- ‘हाइकोर्ट जजको सपथ गरेको तथा जाने तयारीको अवस्थामा हामी ।’

justice-madan-pokhrel-and-others

यो स्टाटस आफैंमा एउटा न्यायाधीशले फेसबुक वालमा राख्न सुहाउने त थिएन नै, अझ यसमा व्याकरण पनि शुद्ध प्रयोग गरिएको छैन । यो तस्वीरले न्यायाधीशज्यूको प्रचारमोह र केटाकेटीपनलाई मात्रै बाहिर ल्याइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?