Breaking News

र्इ -नेपाल बनाउने उद्घोषसहित क्यान इन्फोटेक २०१७ शुरु

Feb Tue 2020 05:40:18

418 views

र्इ -नेपाल बनाउने उद्घोषसहित क्यान इन्फोटेक २०१७ शुरु

इन्फोटेकमा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन प्रविधिको विशेष प्रदर्शनी

  • साधना बस्नेत/भरतराज उप्रेती, काठमाडौ

can-info-2017

२३औं संस्करणको क्यान ईन्फोटेक २०१७ भृकुटीमण्डपमा सुरु भएको छ । उदघाटन सत्रमा बोल्दै उपपधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालमा सूचना प्रबिधि क्षेत्रको बिकास एवं बिस्तारका लागि सरकार र निजी क्षेत्र मिलेर इ- नेपाल बनाउन हातेमालोको खाँचो रहेको बताए । उद्घाटन सत्र नेपाल सरकारका मुख्य सचिव सोमनाथ सुवेदी, लगायत सूचना प्रबिधि क्षेत्रका अगुवाहरुको विशेष सहभागिता रहेको थियो ।

८ वर्ष पहिले आफू सूचना तथा सञ्चार मन्त्री हुदा ल्याएको हात हातमा मोबाइल र घर घरमा इन्टरनेट भन्ने नाराले अहिले मूर्त रुप पाइसकेकोले आइटी तथा आइसिटीलाई संक्षिप्त बनाउनुपर्नेमा महराले सबैको ध्यानाकर्षण समेत गराउनुभयो । सूचना प्रविधिको प्रयोगमार्फत हरेक कामकाज सरलीकरण र सहजीकरणका लागि संक्षिप्त अर्थात सारसंक्षेपमा जानकारी दिने सिष्टमको विकास गर्नुपर्ने उल्लेख गर्दै उपपधान तथा अर्थमन्त्री महराले सूचना प्रविधिको अग्रणी संस्था क्यान महासंघकोे इन्फोटेक मार्फत भूमिका अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

infotch-017

विज्ञान र प्रविधिको आधुनिक आविष्कारबाट बाहिर जानै नसक्ने भन्दै विद्युतीय सिकाइ ‘इलर्निङ’ लाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले दूरसञ्चार प्रविधिको पहुँच ग्रामीण भेगका जनतासम्म पु¥याउन सरकार लागि परेको उल्लेख गर्दै अबको १० वर्षपछि पूरै नेपाल विद्युतीय ‘इ’ नेपाल हुने दाबी समेत गर्नुभयो ।

क्यान इन्फोटेक मेलाको  उदेश्य सूचना प्रबिधिको जनचेतना फैलाउनु : अध्यक्ष बिनोद ढकाल 

इन्फोटेक २०१७ मा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन प्रविधिको विशेष प्रदर्शनी binod

क्यान इन्फोटेक मेलाको मुख्य उदेश्य भनेको नै आम नागरिमकमा सूचना प्रबिधिको जनचेतना फैलाउनु रहेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए । ढकालले सूचना प्रविधि क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । इन्फोटेक २०१७ मा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन प्रविधिको विशेष प्रदर्शनी हुनेछ अध्यक्ष ढकालले भने ।

इन्फोटेक २०१७ मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको  विशेष प्रर्दशनी : महासचिव बिश्वराम बलामी

biswa

[embedyt] http://www.youtube.com/watch?v=Hnf3AiISsVU[/embedyt]

इन्फोटेक २०१७ मेलामा बिभिन्न कम्पनीहरुले इन्टरनेट, मोवाइल, ल्यापटप तथा बस्तु तथा सेवाहरुमा बिभिन्न छुट समेत दिन लागेको क्यान महासंघ महासचिव बिश्वराम बलामीले बताए । मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको नयाँ भर्सनका उपकरणहरुको विशेष प्रर्दशनी इन्फोटेक २०१७ मेलामा रहने भएकोले अवलोकनकर्ताहरुले सूचना प्रविधिका पछिल्ला उत्पादन र सेवाहरुको जानकारी सहज तवरले लिन व्यवस्था मिलाइएको छ महासचीव बलामीले बताए ।

can com3 २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ १८ गतेसम्म चल्नेछ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् यस वर्ष क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु र एसोसिएट प्रायोजक सामसुङ रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाइल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम रहेको छ । मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् । क्यान इन्फोटेकको अघिल्लो वर्ष तीन लाख ६३ हजारले अवलोकन गरेकामा यस वर्ष सो सङ्ख्या चार लाख पुग्ने विश्वास आयोजकको छ । इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई रु एकसय र विद्यार्थीलाई रु ५० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?