Breaking News

उड्दा उड्दै जन्मियो 'हेलिकोप्टर ब्वाई' (फोटो फिचर)

Feb Tue 2020 05:40:12

388 views

उड्दा उड्दै जन्मियो 'हेलिकोप्टर ब्वाई' (फोटो फिचर)

सोलुखुम्बु चौलीखर्ककी एक गर्भवती महिलाले हेलिकोप्टरमै बच्चा जन्माएकी छिन् । दुई दिनदेखि बिरामी खत्री थरकी ती महिलाले बच्चा जन्माउन नसकेपछि सिम्रिक एयरको हेलिकोप्टर उद्धारका लागि सोमबार बिहान त्यसतर्फ गएको थियो । हेलिकोप्टर बिरामी लिएर उपचारका लागि काठमाडौं आउँदै गर्दा जिरी नजिक आइपुगेपछि उडिरहेकै बेला बच्चा जन्मिएको हो । बच्चा जन्मिएपछि सुत्केरी महिलाका पति र अर्की एकजना आफन्त महिलालाई हेलिकोप्टर बीच बाटोमै अवतरण गर्ने कि भनेर खड्काले सोधेका थिए । 'उहाँहरूले काठमाडौं नै लैजाने बताएपछि मैले काठमाडौं ल्याइपुर्‍याएँ,'  खड्काले भने । सुत्केरी महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा रहेको एम्बुलेन्समा राखेर उनका आफन्तले अस्पताल लगेका छन् । हेलिकोप्टरमा जन्मिएको बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको आफन्तले बताए । हेलिकोप्टरमै जन्मिएको बच्चालाई क्याप्टेन खड्काले भने फेसबुकमा 'हेलिकोप्टर ब्वाई' नाम दिएका छन्

Photo :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?