इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु. एक सय र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ । माघ १४ गते आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा घोषणा गरिएको छ । उक्त दिन बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सकनुहुनेछ । आयोजकले सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाइन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरेको छ । मेला माघ १६ सम्म सञ्चालन हुनेछ ।विशेष गरी इन्टरनेट सेवा प्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप÷कम्प्युटर एवं कम्प्युटर एसेसोरिज, डिजिटल टिभी, सफ्टवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, आइटी कलेज र ट्रेनिङ इन्स्टिच्युटहरुको स्टलमा अवलोकनकर्ताको घुईंचो लागेको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा भएको यस ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’को शीर्ष प्रायोजक सुबिसु केबलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको कोम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुबिसुको कोम्बो अफरअन्तर्गत उपभोक्ताले दुई अहिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ एमबिपीएस अनलिमिटेड इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । साथै १५ एमबपीएसको इन्टरनेट बिहान एक बजे बाट साँझ पाँच बजे सम्म जम्मा सोर्ह घण्टा अनलिमिटेड उपभोग गर्न सक्नेछन् । साथमा क्लियर टिभीअन्तर्गत २ सयभन्दा धेरै डिजिटल च्यानल रहनेछन्, जहाँ ५० एचडी च्यानेल पनि रहेको छ । यो अफरको मूल्य मात्र ५ हजार ९ सय ९९ रुपियाँ रहेको छ ।