Breaking News

नाट्टामा मिहिका समूहको चुनावी घोषणापत्र सार्वजनिक

Feb Tue 2020 05:40:11

486 views

नाट्टामा मिहिका समूहको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ।  नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को माघ ३ गते हुने निर्वाचनका लागि मिहिका धाख्वा समूहले कार्यसमिति टिम सार्वजनिक गरेको छ ।

काठ्माडौंमा पत्रकार सम्मेलन गरी पर्यटन उद्योग सम्बन्धमा, नाट्टाका सदस्यहरुको सम्बन्धमा र वर्तमान कार्यसमितिद्धारा सुरु गरिएका कार्यहरुको निरन्तरताका लागि विभिन्न चुनावी प्रतिबद्धता सहित धाख्वा समूहले आफ्नो टिम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै धाख्वाले यो निर्वाचनमा अध्यक्ष पदमा आफ्नो दाबीको आधार अहिले नाट्टाको महासचिवमा रहेर गरेको कामले नै देखाएकोे बताउनु भयो ।

साथै पर्यटन क्षेत्रको विकास र यस क्षेत्रमा आवद्व व्यक्तिहरुको हकहितका लागि आफ्नो प्रयास निरन्तर हुने उहाँले जानकारी दिनु भयो । यस कार्यसमिति टिममा उक्त समूहले सार्वजनिक गरेको कार्यसमिति टिमको अध्यक्षमा मिहिका धाख्वा, प्रथम उपाध्यक्ष केदारनाथ दवाडी, द्घितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा ठाकुरप्रसाद ढुङ्गाना, सचिव कमला गुरुङ, कोषाध्यक्षमा तिलक थापा मगर, सहकोषाध्यक्षमा फुदोमा शेर्पा हुनुहुन्छ ।

त्यस्तै सदस्यहरुमा सुरेश अंगाई, अमृतकुमार ढकाल, विनोद कार्की, गोविन्द दाहाल, सुरेश केसी, सुरेन्द्र भट्टराई, यज्ञमूर्ति आचार्य र अनिलकुमार थापा हुनुहुन्छ ।

यस्तो छ धाख्वा समुहको टिम हेर्नुस dhwkha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?