Breaking News

फेसबुकमा भिडियो हेर्दा अब यसरी पैसा आउने

Feb Tue 2020 05:40:59

368 views

फेसबुकमा भिडियो हेर्दा अब यसरी पैसा आउने

फेसबुकले अब भिडियो पनि विज्ञापनको रुपमा देखाउने भएको छ र सो विज्ञापनबाट हुने कमाइको केही हिस्सा ती फेसबुक प्रयोगकर्तालाई दिनेछ जसको पेजमा मानिसहरुले भिडियो हेर्दछन् । यसको दोश्रो पक्ष के भने अब तपाइँले फेसबुकमा विज्ञापन मुक्त भिडियो हेर्न पाउनुहुने छैन र भिडियो हेर्नका लागि विज्ञापन पनि हेर्नु पर्नेछ ।

फेसबुकले अमेरिकामा एड ब्रेक अर्थात् विज्ञापनिक विश्रामको ट्रायल समेत सुरु गरिसकेको छ । फेसबुक चाहन्छ कि मानिसहरु उसको प्लेटर्फममा धेरै भन्दा धेरै भिडियो हेरुन् ।  फेसबुकले अहिले शर्त के राखेको छ भने विज्ञापनिक कमाइका लागि भिडियो ४ मिनेट भन्दा लामो हुनुपर्नेछ । लाइभ भिडियो प्रसारित गरिरहेको व्यक्तिसँग पनि एड ब्रेक लिने विकल्प हुनेछ । फेसबुकका अनुसार सुरुमा अन डिमान्ड भिडियोमा एड ब्रेक फिचर आउनेछ भने त्यसपछि मात्र फेसबुक लाइभमा ।

फेसबुक प्रयोगकर्ताले युट्युुब प्रयोगकर्ताले जस्तै गरी पैसा कमाउन सक्नेछन् वा छैनन् रु त्यो भविष्यले बताउनेछ तर फेसबुकले भने योग्य पब्लिसरहरुलाई फेसबुकबाट हुने आयको हिस्सा प्राप्त हुने भन्ने कुराको प्रष्ट पारेको छ । फेसबुकले परिभाषित गरको ती एलिजिबल पब्लिसर्समा त्यस्ता फेसबुक पेज वा प्रोफाइल पर्नेछन् जसको फेसबुकमा दुुइ हजार भन्दा धेरै फलोअर्स हुन्छन् र जसले अहिले पनि लाइभ भिडियोमा एकसाथ तीन सय भन्दा धेरै लाइभ दर्शक तानेका हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?