Breaking News

हट बन्दै ज्याकी श्राफकी छोरी

Feb Tue 2020 05:40:57

657 views

हट बन्दै ज्याकी श्राफकी छोरी
krisna-shroff-Instagram-picबलिउड अभिनेता ज्याकी श्राफकी छोरी एवं नायक टाइगर श्राफकी बहिनी कृष्णाले इन्स्टाग्राममा आफ्नो हट एवं ग्ल्यामरस तस्बिर सेयर गरेकी छिन् । कृष्णाको कनेक्सन अहिले बलिउडसँग जोडिइसकेको छ तर उनी कुनै चलचित्र नायिकाका रूपमा नभएर पर्दापछाडि आफ्नो करियर निर्माण गर्ने बाटोमा छिन् । ‘हिरोपन्थी’ बाट बलिउडमा डेब्यु गरेका टाइगरको पथ नचुनेर बहिनी कृष्णाले क्यामेरा पछाडि रहने निर्णय लिएको बताइन्छ । कृष्णाले हालै ट्रान्सजेन्डर कम्युनिटीमा आधारित एक डकुमेन्ट्री तयार गरेकी छिन्, जसलाई उनी आफैंले छायांकन गरेकी थिइन् । जनवरीमा प्रदर्शन हुने यो डकुमेन्ट्रीलाई लोकप्रिय अभिनेता आमिर खानले प्रबद्र्धन गर्नेछन् । सुन्दर कृष्णालाई अभिनयप्रति भने रुचि छैन । निर्माता निर्देशक करण जौहरले कृष्णालाई स्टुडेन्ट अफ दि इयरका लागि मुख्य भुमिकामा प्रस्ताव राखेका थिए, तर कृष्णाले अस्वीकार गरिन् । पछि उक्त चलचित्रमा आलिया भट्टले डेब्यु गरिन् । पछिल्लो समय ब्राजिलियन ब्वाइफ्रेन्ड स्पेन्सर जोन्सनका साथ रोमान्समा व्यस्त कृष्णाले ब्वाइफ्रेन्डका साथमा खिचाएका तस्बिर सामाजिक सञ्जालमा सेयरसमेत गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?