Breaking News

रेमिटेन्स मनी ट्रान्सफर कम्पनी, एजेन्ट र मनि चेन्जर कम्पनीको पूँजी बढ्यो

Feb Tue 2020 05:40:52

463 views

रेमिटेन्स मनी ट्रान्सफर कम्पनी, एजेन्ट र मनि चेन्जर कम्पनीको पूँजी बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनी ट्रान्सफर कम्पनी र मनि चेन्जर कम्पनीहरुको पनि चुक्ता पुँजी बढाएको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत रेमिटेन्स कार्ड जारी गर्ने कम्पनीको पुँजी २५ करोड पुर्‍याएको छ । प्रिन्सिपल कम्पनी भइ कारोबार गर्ने रेमिटेन्स फर्मको पुँजी पाँच करोडबाट १० करोड रुपैयाँ पुर्याएको छ । यसैगरी विदेशस्थित प्रिन्सिपल कम्पनीको एजेन्ट भइ कारोबार गर्नेको पुँजी एक करोडबाट दुई करोड पुगेको छ । मनिचेन्जर कम्पनीहरुको पनि पुँजी बढेको छ । भारतीय रुपैयाँको कारोबार गर्नेको यथावत पाँच लाख रुपैयाँ राखिए पनि भारतीय मुद्रा वाहेकको कारोबार गर्नेको पुँजी १० लाखबाट १५ लाख पुर्‍याइएको छ । भारु र अन्य मुद्र दुबैको कारोबार गर्नेको पुँजी १५ बाट २० लाख रुपैयाँ पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?