Breaking News

आइफोनभित्र लुकेका १० भित्री कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ

Feb Tue 2020 05:40:52

426 views

आइफोनभित्र लुकेका १० भित्री कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ

आइफोनको दशौँ वाषिर्कोत्सवका अवसरमा आउनुहोस् जानौँ आइफोन बारेका १० तथ्य:

. एप्पलले आफ्नो पहिलो आइफोन सन् २००७ मा लञ्च गरेको हो ।

२. आइफोनको हरेक विज्ञापनमा उसको स्कृनकाे घडीमा ९ बजेर ४१ मिनेट गएको देखाइएको हुन्छ । वास्तवमा यो पहिलो आइफोन लञ्च भएको समय हो ।

३. प्रयोगकर्तासँग कुराकानी गर्ने सिरीलाई एप्पलले सन् २०१० को अपि्रलमा खरीद गरेको हो ।

४. स्मार्टफोनका विषयमा गरिएको अध्ययन अनुसार सबैभन्दा बफादार ग्राहक आइफोनका हुने गरेका छन् ।

५. टाइम म्यागेजिनले सन् २००७ मा आइफोनलाई वर्षको सर्वोत्कृष्ट आविष्कार घोषणा गरेको थियो ।

६ आइफोनको सबैभन्दा महंगो पाटपुर्जा भनेको उसको रेटिना स्कृन हो ।

७. पहिले सिस्को कम्पनीले आइफोन भन्ने नाम आफ्नो नाममा पेटेन्ट दर्ता गराएको थियो । पछि दुई कम्पनीबीच सम्झौता भएपछि त्यसलाई एप्पलले दर्ता गरी प्रयोग गर्यो ।

८. एप्पलको एप स्टोर प्रविधि जगतको पहिलो त्यस्तो डिजिटल प्लाटर्फम हो जहाँबाट प्रयोगकर्ताले कानूनी रुपमा एपहरु डाउनलोड गर्न थाले । ९. एप्पल र सामसुंग एक अर्काका प्रतिस्पर्धी हुन् तर आइफोनका प्रोसेसर सामसुंग कम्पनीले नै बनाउँदछ ।

·१०. जापानमा आइफोन किन्नका लागि एक व्यक्ति ७ महिनासम्म लाइनमा लागेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?