Breaking News

एकबिहानै ६.८ रेक्टर स्केलको भूकम्पको धक्का पूर्वी नेपालमा

Feb Tue 2020 05:40:34

360 views

एकबिहानै ६.८ रेक्टर स्केलको भूकम्पको धक्का पूर्वी नेपालमा

भुकम्पको केन्द्रविबन्दु मनिपुरको राजधानीे इम्फाल ३३ किमी टाढा

काठमाडौं । नेपालको पूर्वी भागमा सोमबार बिहानै भूकम्पको झड्का महशुस गरिएको छ ।पूर्वका  इलाम, पाँचथर, ताप्लेजुङ तथा झापामा भूकम्पको झड्का महसुस गरिएको स्थानीयले बताएका छन् ।

पूर्वी नेपालमा ठूलो झड्का दिनेगरी आएको भूकम्पको केन्द्र भने भारतको मनिपुर रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

६.८ रेक्टर स्केलको भूकम्प मनिपुरको राजधानी इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर गएको थियो । उक्त स्थान नेपालको सीमाक्षेत्रबाट करिब नौ हजार किलोमिटरको दूरीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?