Breaking News

दृष्टिविहीन पत्नीको लागि पतिले रोपे घरबाहिर हजारौं फूल

Feb Wed 2020 02:40:38

505 views

दृष्टिविहीन पत्नीको लागि पतिले रोपे घरबाहिर हजारौं फूल

दृष्टिविहीनका लागि फूलको सुन्दरताको के अर्थ ? हुन पनि हो, सुन्दरता हेर्न आँखा त चाहिन्छ नै । तर फूलको सुवास महशुस गर्न आँखा नहुँदा पनि हुन्छ । जापानमा एक पतिले आफ्नी दृष्टिविहीन पत्नीका लागि घर बाहिर हजारौं फूलका विरुवा रोपेका छन् । घरबाहिर यति धेरै फूल रोप्न कुरोकी नामका किसानलाई दुई वर्ष लाग्यो ।

जापानको शिनटोमी टाउनमा बस्ने कुरोकी दम्पत्ति ३० वर्षदेखि दैनिक ६० गाईको स्याहार गर्थे । कुरोकीको पत्नीलाई मधुमेहमा जटिलता उत्पन्न भएपछि उनले आफ्नो दृष्टि गुमाइन् । त्यसपछि उनी आफ्नो दैनिक काममा फर्किन सकिनन् ।

pink-garden-scent-blind-wife-japan-2

आफ्नी पत्नीको खुसीका लागि घर बाहिर फूल रोपेका कुरोकीले भने, ‘फूलको सुन्दरता हेरेर मात्रै होइन, बास्ना लिएर पनि अनुभव गर्न सकिन्छ ।’ गुलाबी रङले फूलबारी सजाएपछि कुरोकीको घर हेर्ने पुग्नेहरुको भीड लागेको छ । दैनिक करिब ७ हजार मानिसहरु कुराकीको घर पुग्छन् । आफ्ना पतिले बनाएको फूलबारी र फूलेका फूलहरुको मधुरताबाट उनी पनि प्रशन्न छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?