रुसी वैज्ञानिक कन्स्टेन्टिन कोरोटकोवले तस्बिर खिच्ने एउटा यस्तो तरिकाको विकास गरेका छन् जसमा मरेपछि आत्मा शरिरबाट निस्केको देख्न सकिन्छ । कोरोटकोभका अनुसार ग्याँस डिसचार्ज भिजुअलाइजेसन मेथड प्रयोग गरेर किरलियन फोटोग्राफीको उन्नत प्रविधिलाई हेर्न सकिन्छ । यो प्रविधिमार्फत आत्माले शरिरलाई छोडेको देख्न सकिन्छ ।
प्रविधिको उपयोग गरेर अन्तरआत्मालाई कैद गर्नुः उनी भन्छन्, ‘केही यस्ता प्रविधिहरु छन् जसलाई प्रयोग गरेर अचम्मित गरिदिने खालको फोटो र भिडियो बनाउन सकिन्छ ।’
जीवन शक्तिलाई गुमाउनुः नाइटो र टाउकोबाट उठेर आत्मा जागेको यो फोटोमा देख्न सकिन्छ । पेट र मुटुको हिस्साबाट यो छायाचित्रमा आत्मा अन्तसम्म गइरहेको देख्न सकिन्छ ।
मानसिक चिकित्साबाट आफ्नो वास्तविक अनुहार देखाउनुः ऊर्जा इमेजिङ प्रविधिबाट सबै प्रकारको निगरानीका लागि र वास्तविक समयमा निदान गर्नका लागि प्रयोग गर्न सकिन्छ । यसका साथै यसले मानसिक शक्ति हो कि धोका हो भन्ने बारे पनि जानकारी दिन्छ ।