Breaking News

अर्को सातादेखि मागअनुसारकै तेल निगमले सबैलाई दिइने, ब्लाकमा इन्धन जोहो गर्दै हुनुहुन्छ भने सोच्नुहोस् है !

Feb Tue 2020 05:40:21

383 views

अर्को सातादेखि मागअनुसारकै तेल निगमले सबैलाई दिइने, ब्लाकमा इन्धन जोहो गर्दै हुनुहुन्छ भने सोच्नुहोस् है !

आयल निगमले अर्को सातादेखि उपत्यकामा दैनिक मागअनुसार पेट्रोल वितरणको तयारी गरेको छ । ‘दैनिक बरौनीबाट साढे तीन लाख, बेतालपुरबाट चार लाख र गोन्डाबाट चार लाख लिटर पेट्रोल चार लिटर पेट्रोल ल्याउन खोजेका छौँ । त्यसअनुसार आयात भए उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटरका दरले वितरण गर्ने योजनामा छौँ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘तीनवटै डिपोले मागेजति तेल दिने सहमति गरेका छन् ।’

सिलगुढी – काकडभिट्टाबाट पहिले जत्तिकै इन्धन आयात हुन थालेको छ । बरौनी –विरानगर हुँदै डिजेल दोब्बर आयात भइरहेको छ । रक्सौल नाकाबाट भने इन्धन ठप्प छ । बेतालपुरबाट भैरहवा हुँदै पेट्रोल पनि दोब्बर आयात भइरहेको छ । आयल निगमले गोन्डा–नेपालगञ्जबाट पेट्रोल आयात दोब्बर बनाउने तयारी गरेको छ । नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?