Breaking News

राष्टिय अखण्डता र स्वाभिमानको लागि जुनसुकै बेला पनि ‘सैनिक शासन’ लागू हुन सक्ने

Feb Wed 2020 02:40:12

483 views

राष्टिय अखण्डता र स्वाभिमानको लागि जुनसुकै बेला पनि ‘सैनिक शासन’ लागू हुन सक्ने

काठमाडौं : प्रधान सेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय हित प्रतिकुलका अवान्छित गतिविधिहरुको नेपाली सेनाले नजिकबाट सुक्ष्म तरिकाले अध्ययन र विश्लेषण गरिरहेको बताएका छन् । उनले यस्ता गतिविधि अनुसार नेपाली सेनाले आफ्नो रणनीति पनि तयार गरिरहेको खुलासा गरेको हो ।

महाशिवरात्री तथा सेना दिवस २०७२ को उपलक्ष्यमा जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्नु हुदै प्रधानसेनापति क्षेत्रीले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम मात्र भएको बताए । उनले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्रयाउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु-याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने पनि प्रष्ट पारे ।

प्रधान सेनापति क्षेत्रीले नेपालको संविधानले सुम्पेको जिम्मेवारीहरु असरदार रुपमा बहन गर्न नेपाली सेना हरहमेशा कटिबद्ध, सक्षम र तयार रहेकोले सरकारले राष्ट्र र जनताको सर्वोपरी हितको लागि संवैधानिक प्रक्रिया अनुरुप प्रदान गर्ने सबै जिम्मेवारीहरुको पूर्णरुपमा पालना गर्नु नेपाली सेनाको प्रमुख दायित्व रहेको बताए । उनले राष्ट्रिय सेना भएकोले प्राप्त जिम्मेवारीहरु प्रभावकारी ढंगबाट वहन गर्न चुस्त अपरेशनल तयारीपन र पेशागत दक्षता भएको फौजको रुपमा नेपाली सेनालाई आधुनिकीकरण गर्न अति आवश्यक रहेको पनि उल्लेख गरे ।

प्रधानसेनापनि क्षेत्रीले देशमा समय समयमा हुने इन्धन अभावको कारण नियमित कार्यहरुमा पु-याउने असरलाई दीर्घकालीन रुपमा समाधान गर्न बायो ग्यांस प्लाण्ट जडान गर्ने, नागरिक –सैनिक सम्बन्धको विकासमा जोड समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?