Breaking News

पेनड्राइभमा पासवर्ड राखेर सुरक्षित राख्ने तरीका

Feb Tue 2020 05:40:25

539 views

पेनड्राइभमा पासवर्ड राखेर सुरक्षित राख्ने तरीका

पेनड्राइभ सानो भएपनि काम भने ठूलो गर्छ । तर पेन ड्राइभबाट डाटा सार्दा त्यो लिक हुने खतरा त्यतिकै हुन्छ । तपाइँलाई थाहा नहुन सक्छ पेन ड्राइभमा पासवर्ड हालेर यसलाई सुरक्षित बनाउन सकिन्छ ।

Bitlocker एन्क्रिप्शनको प्रयोग गरेर आफ्नो डाटालाई सुरक्षित पार्न सकिन्छ ।

तर यसका लागि तपाइँको ल्यापटपमा विण्डोज 7 Ultimate OS वा यस पछि आएका अपरेटिङ सिष्टममा मात्र काम गर्छ । यसरी राख्नुस् पेनड्राइभमा पासवर्डः

स्टेप १ पेनड्राइभलाई कम्प्युटरमा कनेक्ट गर्नुस् । यदि पेनड्राभमा डाटा छ भने स्क्यान गर्नुस् खाली छ भने फर्म्याट गर्नुस् । अनि राइट क्लिक गर्नुस् र “Turn on bitlocker” छनौट गर्नुस् ।

pen drive password

स्टेप २ एक विण्डो खुल्छ र आफै बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ । जव विण्डो खुल्छ त्यसमा तपाइँ पेनड्राइभलाई कसरी लक गर्न चहनु हुन्छ भनेर सोध्छ । त्यहाँ Use a password to unlock the drive अप्सनमा क्लिक गर्नुस् ।

pen drive password 1

स्टेप ३ आफुलाई ठिक लागेको पासवर्ड छान्नुस् । next बटनमा क्लिक गर्नुस् । त्यहाँ bitlocker recovery key सेभ गर्नका लागि सोध्छ । तपाइँले पासवर्ड भुलेमा यो प्रयोगमा आउँछ ।

pen drive password 2

स्टेप ४ Save to file अप्सन चुनेपछि कम्प्युटरको लोकेसन सोध्छ तपाइँले recovery Key सेभ गर्नु पर्छ । लोकेसन ब्राउज गरेर रिकभरी Key लाई सेभ गर्नुस् ।

pen drive password 3

स्टेप ५ यसपछि तपाइँलाई अर्को विण्डो देखिन्छ । यहाँबाट next बटनमा क्लिक गर्नुस् र Start Encrypting आउने बेला सम्म Next मा क्लिक गरिराख्नुस् ।

यसरी थाहा पाउनुस् अरुको बाई-फाई पासवर्ड

स्टेप ६ एन्क्रिप्शन शुरु भएपछि प्रोसेस कम्प्लीट हुन केही समय लाग्छ । प्रोसेस पूरा भएपछि पेनड्राइभलाई डिसकनेक्ट गर्नुस् र फेरि कनेक्ट गर्नुस् । अव तपाइँको पेनड्राइभ पासवर्ड नहाले सम्म खुल्दैन ।

-Nepaliheadlines.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?