Breaking News

यसरी खाना पकाउने १० विधि प्रयोग गर्नुहोस् तपाईको ग्याँस २ महिना बढी टिक्छ

Feb Tue 2020 05:40:30

463 views

यसरी खाना पकाउने १० विधि प्रयोग गर्नुहोस् तपाईको ग्याँस २ महिना बढी टिक्छ

सहरमा बस्नेहरुका लागि सबैभन्दा पिरलो बन्ने गरेको छ खाना पकाउने ग्याँस । हरेक घर/घर र कोठा कोठामा ग्याँस गन्थन हुन्छ । अझ नाकाबन्दीपछि त झन् खाना पकाउने ग्याँसको हाहाकार नै मच्चियो । नाकाबन्दी खुलिसक्दा पनि खाना पकाउने ग्यास भने अझै सहज हुन् सकेको छैन । ६ महिनादेखि नाम लेखाएकाहरुले समेत अझै ग्याँस पाउन सकिरहेका छैनन् । घरायसी प्रयोगका लागि त यस्तो अबस्था छ भने ब्यबसायिक प्रयोजनका कुरा गर्नु ।

ग्यास अभाव हुँदा भएको ग्यास बचत गर्न अनेक तरिकाहरु अप्नाइए । तर सही तरिका अपनाउन सक्नु भयो कि ग्यासं जोगाउने नाममा गलत तरिका अपनाउनु भयो ? यदि तपाई आफ्नो भान्छाको ग्यासलाई लामो समय टिकाउन चाहनु हुन्छ भने यी १० टिप्स ख्याल गर्नुस  ।

१. खाना पकाउदा सकेसम्म धातुले बनेको, त्यस मध्ये पनि स्टेनलेस स्टीलको भाँडा प्रयोग गर्नु होस् । धातुको भाँडाहरु तापको अति उत्तम परिचालक (Best Heat conductor) हुन्छ । तसर्थ अन्य भाँडाको तुलनामा धातुका भाँडाहरुले ग्यास बचत हुन्छ ।

२. यदि तपाइको ग्यास चुलोमा बलेको ज्वाला पहेलो रङ्गको छ भने, बर्नरले पुरै ग्यास प्रयोग नगरेको र केहि ग्यास ब्यर्थमा खेर गईरहेको बुझ्नु  पर्छ । यदि यस्तो भएमा बर्नरलाई सफा गरेर फेरी ठिक तरिकाले हाल्दा राम्रो हुन्छ । निलो वा रंगविहीन ज्वाला आएपछि मात्र ग्यास सहि तरिकाले उपयोग भएको बुझ्नु पर्छ  ।

३. सतह  धेरै फराकिलो भएको भाँडाहरुले ग्यासको बचत गर्छ । यस्ता भाँडामा सतह क्षेत्र बढ्छ र कम समय मै खाना पाक्छ । साथै यस्ता भाँडाहरुमा  ज्वालाहरु बाहिर जादैन आएको ग्यासको अधिकतम प्रयोग हुन्छ । यस्ता भाँडाहरुमा छोपेर खाना पकाउदा खाना झन् छिटो पाक्ने र ग्यासको बचत पनि हुन्छ ।

४. दुध, चिया, पानी उमाल्दा उम्लने लागेपछि ग्यासलाई सानो पारि दिनुहोस । यसो गर्दा ग्यासको खपत स्वत: कम हुन्छ । अन्य परिकार बनाउदा पनि पाक्न लागेपछि यसो गर्न सकिन्छ ।

५. फ्रिजबाट निकाल्ना साथ र बजारबाट ल्याईएका चिसो पदार्थहरु सिधै पकाउन नथाल्नु होस् । यी पदार्थहरुको तापक्रम घर भित्र रहेको तापक्रमको हाराहारीमा नपुगेसम्म पर्खनुस । यसो नगर्दा चिसो पदार्थलाई सामान्य तापक्रममै ल्याउन अतिरिक्त ग्यास खर्च हुन्छ त् ग्यास बचत हुन् पाउदैन ।

६. खाना पकाउदा सम्भव भएसम्म भाँडाहरु छोपेरै नै राख्नु होस् । भाँडा छोपेर पकाउदा ग्यास बचत हुन्छ । सम्भब भएसम्म कुकरको प्रयोग गर्नु होस् । यसले ग्यासको साथ साथै समय पनि बचत गर्छ ।

७. दाल, चना,  राजमा गेडागुडी जस्ता परिकार बनाउनु छ भने पहिला त्यसलाई केहि घण्टासम्म पानीमा भिजाएर राख्नुहोस् । यसो गर्दा ग्यासको साथ साथै समय पनि बचत गर्छ ।

८.  भाँडा तथा तावालाई सुरुमा तताउनको लागि पुरै ग्यास खोल्नुस । त्यसपछि ग्यासलाई सानो अथवा मिडियम गर्दा राम्रो हुन्छ । जति ताप सुरुमा भाँडा तात्न चाहिन्छ खाना पाक्नको लागि त्यति आबश्यक पर्दैन ।

९. खाना बनाउँदा भाँडा बसाल्नु अघि भाँडालाई आफैले ओभाएर बसाल्दा राम्रो हुन्छ । यसो गर्दा भाँडा ओभाउनको लागि बेकारमा खर्च हुने ग्यास बचत हुन्छ । खाना बनाउदा धेरै पानीको प्रयोग गर्नु हुदैन । पानीको मात्र धेरै हुँदा अतिरिक्त पानी वाष्पीकरण हुँन धेरै समय लाग्नुका साथै ग्यास बढी खर्च हुन्छ ।

१०. खाना बनाउनु भन्दा अगाडि नै काट्नु पर्ने तरकारीहरु काटेर तयार राख्नुस । आबश्यक पर्ने अन्य सामग्री पनि आफु नजिक तयारी अवस्थामा  राख्नुस  । यसो गर्दा  ति सामग्री तयार पार्दा लाग्ने समयमा ग्यास खेर जादैन र तपाइले ग्यासको अधिकतम प्रयोग गर्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?